आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
भ्रमण

काठमाडौँ उत्रिए भारतीय विदेश सचिव मिस्री

आइतबार, २७ साउन २०८१, १० : २९
आइतबार, २७ साउन २०८१

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री  नेपाल उत्रिएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले स्वागत गरेकी थिइन् । 

vikram mishri

लम्सालले भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।  भ्रमणको क्रममा उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको छ ।

vikram mishri (1)

विनयमोहन क्वात्राले अवकाश पाएपछि गत जुलाई १५ मा मिस्री विदेश सचिव बनेका थिए । उनले भारतका प्रधानमन्त्री इन्द्रकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवालयमा समेत काम गरिसकेका छन् ।

vikram mishri (3)vikram mishri (2)vikram mishri (5)vikram mishri (4)vikram mishri (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप