मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

सुरक्षित उडानका लागि अत्याधुनिक प्रविधिका साथै अन्तर्राष्ट्रिय मापदण्ड अपनाउँदै बुध्द एयर

आइतबार, २७ साउन २०८१, १० : ०४
आइतबार, २७ साउन २०८१

काठमाडौँ । जहाज कम्पनीहरू कसरी आम्दानी गर्छन् ? यो कुनै गहिरो दिमाग लगाउनु पर्ने कुरा होइन । जति धेरैले यात्रा गर्छन्, उत्ति नै धेरै कमाइ हुन्छ । जुन कम्पनीले आफ्ना जहाजको उच्चतम उपयोग गर्छ त्यही सफल विमान सञ्चालक बन्न सक्छ । 

उसो भए यो घिउ खाए जत्तिकै  सजिलो छ त ? पक्कै पनि छैन । जब उडानको कुरा आउँछ, त्यहाँ प्रकृति पनि मिसिन्छ । प्रकृतिले साथ नदिँदा उडान सञ्चालन त्यत्ति सजिलो हुँदैन । ‘अपरेसन कन्ट्रोल सेन्टरको उद्देश्य नै सूचीकृत उडानहरूलाई समयमै, विश्वसनीय र सुरक्षित तवरले पठाउनु हो,’ बुध्द एयर अन्तर्गत अपरेसन कन्ट्रोल सेन्टरका प्रबन्धक उमेश खड्का भन्छन्, ‘हरेक दिनका उडान सञ्चालनका लागि कति कुराले निर्धारण गर्छन् भन्ने आधारमा यो चुनौतीपूर्ण हुन्छ ।’

बुध्द एयरजस्तो नेतृत्वदायी विमान कम्पनीका लागि उडान सञ्चालन सम्बन्धी निर्णयमा यात्रु र चालक दलको सुरक्षा नै प्राथमिक महत्वमा पर्छ । अपरेसन कन्ट्रोल सेन्टर र उडान गराउने समूह सधैँ कुन उडान सञ्चालन गर्ने र कुन रद्द गर्ने भनि तत्पर भएर बस्नुपर्छ । यात्रु र कम्पनीको आम्दानी दुवैका लागि तोकिएको समयमा नै उडान भर्नु महत्त्वपूर्ण हुन्छ ।

बढ्दो एयर ट्राफिकका कारण समयमै उडान भर्नु निकै चुनौती रहेको बताइएको छ । अझ कहिलेकाही धावनमार्ग चर्कँदा/बिग्रिदा घण्टौँ उडान स्थगित हुने गर्छ । कुनै बेला गन्तव्यका विमानस्थलहरू खराब मौसम र कम भिजिबिलिटीका कारण खुल्दैनन् । त्यसैगरि उडान र अवतरण गरिने विमानस्थलमा मौसमको समस्या नभएपनि आकस्मिक अवतरणका लागि पहिचान गरिएको विमानस्थलमा सो समस्या हुनसक्छ । यी इत्यादि कारणले उडान विलम्ब/रद्द हुन जान्छ, जसको प्रत्यक्ष मार यात्रुलगायत विमान कम्पनीहरुमाथि स्वतः पर्न जान्छ ।

एउटा स्थानबाट अर्को स्थानमा जाँदा उडानमा समस्या भएर वा गन्तव्यमा पुग्न कठिनाइ हुँदा आकस्मिक अवतरणका लागि नजिकको विमानस्थल पहिचान गरिएको हुन्छ । त्यसको मौसमले पनि उडानलाई प्रभावित पार्न सक्छ । ‘लाइन मेन्टेनेन्स’ समूहले उडानपूर्व सामान्य समस्या भेटेमा उडान गर्न रोक लगाउँछ । सो समस्याको तुरुन्तै निराकरण अथवा वैकल्पिक जहाजले मात्र उडान हुन्छ ।

यात्रु र चालक दलको सुरक्षा नै सबैभन्दा महत्त्वपूर्ण भएको  बुध्द एयरले स्पष्ट पारेको छ। कम्पनी खतरायुक्त उडानबाट हुने छोटो प्रतिफलभन्दा पनि सुरक्षित यात्रामा विश्वास गर्छ । उडान सञ्चालन समूहले उच्चतम प्रविधि र प्रणालीमार्फत उडान सुरक्षाका लागि काम गर्छ । यसका सदस्यले ‘नेक्ट जेनेरेसन’, ‘सिस्टम नोटप्याड’, ‘डिस्प्याच लक’ लगायतका प्रणालीको प्रयोग गर्दै समयमै सुरक्षित उडान भर्ने व्यवस्था मिलाउँछन् ।

यदि तपाई उडान बुध्द एयरमार्फत गर्दै हुनुहुन्छ भने चिन्ता नलिनुस्, तपाईको सुरक्षित उडानका लागि हरेक प्रकारले तयारी गरेको हुन्छ । अपरेसन कन्ट्रोल सेन्टरले विमानस्थलमा मौसमको अवस्था, आकस्मिक अवतरणका लागि भइपरी विमानस्थलको अवस्था, जहाजको लगायतको सूक्ष्म अध्ययन गरी पूर्ण रूपमा यात्रा सुरक्षित बनाइएको हुन्छ । यदि तपाईँलाई विमानस्थल पुगेर पनि जहाज रद्द भई फर्कनु प-यो वा स्थगन भई पर्खनु प-यो भने ठान्नुस्– ‘तपाईको सुरक्षाकै लागि ढिला भइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप