‘अवतार’को तेस्रो संस्करण घोषणा
![‘अवतार’को तेस्रो संस्करण घोषणा](https://npcdn.ratopati.com/media/news/abatar3_txOaGZhU2e.png)
क्यालिफोर्निया । सुपरहिट चलचित्र ‘अवतार’ को तेस्रो संस्करण घोषणा गरिएको छ । शुक्रबार क्यालिफोर्नियामा आयोजित डिस्नी फ्यान इभेन्टमा यसको घोषणा गरिएको हो ।
चलचित्रको नाम ‘अवतार : फायर एन्ड एयास्’ राखिएको छ । १२ हजार दर्शक सहभागी कार्यक्रममा निर्देशक जेम्स क्यामरुनले आगामी संस्करण ‘मानिसहरूले सोचेभन्दा फरक हुने’ जिकिर गरे ।
कार्यक्रममा क्यामरुनसहित चलचित्रकी स्टार जोई साल्डाना र साम वर्थिङटन पनि सहभागी भएका थिए । चलचित्र सन् २०२५ को डिसेम्बर १९ मा रिलिज हुने बताइएको छ । यसअघि सन् २००९ मा अवतारको पहिलो संस्करण रिलिज भएको थियो । त्यसपछि सन् २०२२ मा अवतार ः द वे अफ वाटर प्रदर्शनमा आएको थियो ।
सो कार्यक्रममा सन् २००३ को चर्चित कमेडी चलचित्र फ्रिकी फ्राइडेको दोस्रो संस्करणको पनि घोषणा गरियो । अभिनेत्री लिन्ड्से लोहान र जेमी ली कर्टिस ‘फ्रिकियर फ्राइडे’ को प्रमोसनका लागि उपस्थित थिए ।
त्यसैगरी, स्टार वार फ्रेन्चाइजीको नयाँ चलचित्र द म्यानडालोरियनको पनि घोषणा गरियो । चलचित्र सन् २०२६ को मेमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगलागीबाट मन्त्रालयका महत्वपूर्ण कागजातमा कुनै क्षति भएको छैन : मन्त्री यादव
-
बाँझो जग्गामा सामूहिक आलुखेती
-
नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
-
‘केबलकारले पहिचानको प्रवर्द्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ’
-
२७ वर्षपछि दिल्लीमा भाजपाको पुनरागमन
-
केजरीवालको हारलगत्तै दिल्ली मुख्यमन्त्रीको सचिवालयमा मोदीले गराए सिल