भारतका पूर्व विदेशमन्त्री सिंहको निधन
आइतबार, २७ साउन २०८१, ०९ : ३९
नयाँ दिल्ली । भारतका पूर्व विदेशमन्त्री नटवर सिंहको ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । लामो समयदेखि बिरामी रहेका सिंहको गुरुग्रामको एक निजी अस्पतालमा निधन भएको हो ।
पीटीआईका अनुसार नटवर सिंहको अन्तिम संस्कार दिल्लीमा गरिने पारिवारिक स्रोतले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नटवर सिंहको निधनमा शोक व्यक्त गरेका छन् । मोदीले ट्वीटरमा लेखेका छन्, ‘नटवर सिंहजीको निधनले म दुखी छु। उहाँले कूटनीति र विदेश नीतिमा महत्त्वपूर्ण योगदान गर्नुभएको छ।’
पूर्व विदेशमन्त्री सिंहलाई सन् १९८४ मा पद्मभूषणबाट सम्मानित गरिएको थियो । उनी सन् २००४-०५ मा यूपीए सरकारमा भारतका विदेशमन्त्री थिए।
सिंहले आफ्नो पुस्तक ‘वन लाइफ इज नट इनफ’ मा सोनिया गान्धी प्रधानमन्त्री नबन्नुको कारण दिएका थिए जसलाई लिएर निकै विवाद पनि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...