पहिरो हटाएसँगै कर्णाली राजमार्ग खुल्यो
आइतबार, २७ साउन २०८१, ०८ : ०३
जुम्ला । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि खुलेको हो ।
जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार पहिरो हटाएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालन भएको छ । उक्त स्थानमा सानाठूला पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ ।
पर्याप्त बजेट नहुँदा समय समयमा राजमार्गको स्तरोन्नति गर्न कठिनाइ भएको बताउँदै उनले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी सडक मर्मतसम्भार गर्दै आएको बताए । स्थानीयवासीले अविलम्ब सडकको स्तरोन्नति गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री यादवद्वारा विवाह भवनको उद्घाटन
-
सद्भावको पर्व बन्दै छठ
-
गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न गृह मन्त्रालयकाे निर्देशन
-
२१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
विभिन्न जिल्लामा सवारी दुर्घटना, पाँच जनाको मृत्यु
-
२७ वर्षसम्म एउटै मन्त्रालयमा अविश्रान्त : जसले कहिल्यै बिदा लिएनन् (भिडियो)