पेरिस ओलम्पिक : चीनले उछिन्यो अमेरिकालाई

पेरिस । पेरिस ओलम्पिकको पदक तालिकामा चीन र अमेरिकाको कडा टक्कर जारी छ । पछिल्लो पदक तालिका अनुसार अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थानमा उक्लिएको छ ।
चीनले हालसम्म ३९ वटा स्वर्ण पदक जितेको हो । टोलीले २७ रजत र २४ कांस्यसहित कूल ९० पदक जितेको छ । उता, अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ कांस्यसहित कूल १ सय २२ वटा पदक हात पारेको छ ।
तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले कूल ५० पदक जितेको छ । यसमा १८ स्वर्ण, १८ रजत र १४ कांस्य पदक समावेश छन् । चौथो स्थानमा रहेको जापानले पनि समान १८ स्वर्ण जितेको छ । उसको १२ रजत र १३ कांस्यसहित कूल ४३ पदक रहेको छ ।
आयोजक राष्ट्र फ्रान्स १६ स्वर्णसहित पाँचौँ स्थानमा कायम छ । टोलीले २४ रजत र २२ कांस्यसहित कूल ६२ पदक जितेको छ ।
त्यसपछि शीर्ष १० स्थानमा क्रमशः बेलायत (१४ स्वर्ण), दक्षिण कोरिया (१३ स्वर्ण), नेदरल्यान्ड्स (१३ स्वर्ण), जर्मनी (१२ स्वर्ण) र इटाली ११ स्वर्ण रहेका छन् ।
दक्षिण एसियाली राष्ट्रमा पाकिस्तानले एक्लो स्वर्ण जितेको छ । भारतले १ रजत र पाँच कांस्यसहित कूल ६ वटा पदक हात पारेको छ ।
नेपालसहित भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंका पदकविहीन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग