ब्राजिल विमान दुर्घटना : ६२ जनाको शव फेला
साओ पाउलो । ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना भएको स्थानबाट सबै शवहरू फेला परेको अधिकारीहरूले पुष्टि गरेका छन्। शनिबार हताहत हुनेको सङ्ख्या ६२ मा परिमार्जन गरिएको थियो।
भोपास एयरलाइनद्वारा सञ्चालित ट्वीन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको थियो । भोपासले यसअघि दक्षिणी राज्य परानाको कास्केभेलदेखि साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलका लागि उडान भरेको एटीआर ७२-५०० विमानमा ५७ यात्रु र चार जना चालक दलका सदस्य बोकेको बताएको थियो। तर पछि त्यहाँ थप एक यात्रु उडानमा रहेको पुष्टि भएको थियो।
सामाजिक सञ्जालमा सेयर भइरहेका भिडियोहरूमा एउटा विमान जमिनमा खसिरहेको देखिएको छ । विमान एक आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भए पनि जमिनमा कोही पनि घाइते भएनन्। स्थानीय कन्डोमिनियम कम्प्लेक्समा रहेको एउटा घरमा मात्रै क्षति पुगेको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार ३४ जना पुरुष र २८ महिलाको शव सङ्कलन गरिएको छ । सबै शवहरूलाई साओ पाउलो सहरको एक शव गृहमा लगिएको छ, जहाँ तिनीहरूको पहिचान गरी परिवारहरूलाई हस्तान्तरण गरिनेछ । क्याप्टेन र फस्ट अफिसरको शव भने पहिले नै पहिचान भइसकेको छ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायनमा तीन दशक बिताएका धिरजको सङ्कल्प : अब देशका लागि गाउँछु
-
प्रतिदिन १० लाख डलर पुरस्कार दिने मस्कको योजनाविरुद्ध सरकारको चेतावनीसहितको पत्र
-
चक्रवाती आँधी ‘दाना’ पश्चिम बंगाल र ओडिशाको तटीय क्षेत्रमा आइपुग्ने
-
नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा ताला
-
दुई थान बन्दुक र २० थान खयरको डमरुसहित एक जना पक्राउ
-
लिभरपुलको शत प्रतिशत नतिजा कायम, एट्लेटिको स्तब्ध