बागलुङमा पर्यटक बढेपछि होटलमा लगानी थपिँदै

बागलुङ । शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लागेका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बढाएका छन् । उनले सञ्चालन गरेको होटल यहाँ ‘भिआइपी’ होटलका रूपमा परिचित भएको छ ।
सानो घरमा चार कोठाबाट व्यवसाय थालेका उनले व्यवसाय बढाएका हुन्। उनको होटलमा २४ कोठा छन् भने लगानी बढेर रु दुई करोड पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै यहाँका अन्य उद्यमीले पनि सुविधासम्पन्न होटल सञ्चालन गर्न थालेका छन् ।
बागलुङ बजारको अस्पताल रोडमा अर्को ३० कोठे होटल सञ्चालनको अन्तिम तयारीमा छ । यो यहाँको सबैभन्दा सुविधासम्पन्न होटल हुने लगानीकर्ताहरूले दाबी गरेका छन् ।
जिल्लामा पर्यटक आउन थालेपछि ठूला होटलको आवश्यकता परेको उद्यमी कुँवर बताउछन् । उनले जिल्लामा तारेहोटल आवश्यक भएको बताए । विसं २०६५ देखि बागलुङमा होटल व्यवसाय गर्दै आएका अर्जुन चोखालले होटल व्यवसायमा रु चार करोड लगानी गरिसकेका छन् ।
कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, बन्जी पुल, पञ्चकोट, शालग्राम सङ्ग्रहालयजस्ता पर्यटकीय गन्तव्यका कारण यहाँ प्रशस्त मात्रामा स्वदेशी पर्यटक आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत २९ देखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
प्रधानमन्त्रीले गरे पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन
-
तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरियो : कमल थापा
-
वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने जगमानको घोषणा
-
रोजगारी सिर्जनाका लागि आईएसभीजी र चीनको सांघाई हाइस्यानबिच सम्झौता
-
१० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ : उर्जामन्त्री खड्का