बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

फाइनलमा पुग्यो रोहितको टोली

आइतबार, २७ साउन २०८१, ०७ : ०१
आइतबार, २७ साउन २०८१

ब्राम्पटन । दोस्रो क्वालिफायरमा ब्राम्पटन वूल्भ्सलाई हराउँदै नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्स ग्लोबल टी–२० क्यानडाको फाइनलमा प्रवेश गरेको छ । पौडेल सुरुवाती ११ मा नअटाए पनि शनिबार राति भएको खेलमा टोरोन्टोले ब्राम्पटनलाई ५ विकेटले हराएको हो ।

ब्राम्पटनले प्रस्तुत गरेको १ सय ४२ रनको लक्ष्य टोरोन्टोले १० बल अगावै मात्र ५ विकेटको क्षतिमा पछ्यायो । टोरोन्टोका लागि कप्तान कोलिन मुनरोले सर्वाधिक ३६ रनको योगदान दिए ।

त्यस्तै, मोहम्मद नवाजले २४ रन जोडे भने उन्मुक्त चन्दले १९ तथा एन्ड्रियस गोउसले १८ रन बनाए । ब्राम्पटनका लागि अखिल कुमारले ३ विकेट लिए ।

यसअघि निक हबसनलको अर्धशतकको मद्दतले ब्राम्पटनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । उनलाई जर्ज मुन्सेले २६ रन बनाउँदै साथ दिए । ज्याक जार्भिसले २० रन बनाए ।

टोरोन्टोका लागि रोमारियो सेफर्डले ४ विकेट लिए भने जतिन्द्रपाल माथारुले २ विकेट हात पारे ।

टोरोन्टो पहिलोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो । अब आइतबार राति हुने फाइनलमा खेलमा टोलीले मोन्ट्रेयाल टाइगर्सको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप