भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै
काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।
सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् । सचिव मिस्रीको यो परिचयात्मक भ्रमण हुने बताइएको छ । जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै भुटानको भ्रमण गरेका थिए ।
भ्रमणको क्रममा उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको छ ।
विनयमोहन क्वात्राले अवकाश पाएपछि गत जुलाई १५ मा मिस्री विदेश सचिव बनेका थिए । सचिव मिस्री चीन मामिलाको जानकार मानिन्छन् । उनले भारतका प्रधानमन्त्री इन्द्रकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवालयमा समेत काम गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेतबारीमा पानी निकासको उचित व्यवस्था गर्न नार्कको आग्रह
-
११ ब्रान्डका पानीमा कोलिफर्म भएको पुष्टि, बिक्री वितरणमा रोक
-
लुम्बिनी प्रदेश : बढी र पहिरो प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिँदै
-
झ्याप्ले खोला पहिरोमा पुरिएका ३५ जनाको शव भेटियो
-
राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय‚ सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने
-
रौतहटमा ३५५ घर डुबानमा