‘मुनाल’ भू-उपग्रह प्रक्षेपण गर्न भारतले सघाउने, एमओयूमा हस्ताक्षर
काठमाडौँ । नेपालद्वारा निर्मित ‘मुनाल’ भूउपग्रह प्रक्षेपणका लागि नेपाललाई छिमेकी राष्ट्र भारतले सघाउने भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले यसबारे भएको सम्झौताबारे जानकारी दिँदै दुई देशबिचको अन्तरिक्ष सहयोगमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताएका हुन् ।
भारतको विदेश मन्त्रालय र न्यु स्पेस इन्डिया लिमिटेड (एनएसआईएल) ले शनिबार मुनाल भूउपग्रह प्रक्षेपण गर्न अनुदान सहयोगका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा मन्त्रालयको तर्फबाट अनुराग श्रीवास्तव र एनएसआईएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गरेका थिए । कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव डा रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका कार्यवाहक डा सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन)का संस्थापक डा आभास मास्केको समेत उपस्थिति रहेको थियो । ।
सम्झौता अनुसार नास्टको आयोजनामा नेपालमा विकसित गरिएको भूउपग्रहलाई एनएसआईएलको पोलार स्याटेलाइट लन्च भेहिकलमा नि:शुल्क रूपमा प्रक्षेपण गरिने भएको छ ।
An important milestone in 🇮🇳-🇳🇵Space cooperation.
— Randhir Jaiswal (@MEAIndia) August 10, 2024
Today, @MEAIndia and @NSIL_India signed an MoU for grant assistance for the launch of the Munal satellite.
The satellite developed in Nepal, under the aegis of Nepal Academy of Science and Technology (NAST), will be launched… pic.twitter.com/XGdA4wRkOQ
भू–उपग्रह पृथ्वीको सतहबाट ४ सय किलोमिटरको दुरीमा रहने नास्टका प्रवक्ता रवीन्द्रप्रसाद ढकालले यसअघि रातोपाटीलाई जानकारी दिएका थिए । यसले पृथ्वीलाई दिनको १६ चक्कर लगाउने र हरेक दिन १० मिनेट जति ‘एक्सेस’ पाउने उनले बताए ।
त्यो समयमा कमान्ड दिने, भू-उपग्रहले पृथ्वीको खिचेको फोटो पठाउने काम हुने उनले बताए । मुनाल काठमाडौँ विश्वविद्यालय भित्र रहेको एक माध्यमिक विद्यालयका विद्यार्थीको सक्रियतामा निर्माण गरिएको हो ।
स्कुलका विद्यार्थीहरू आवासीय रूपमा त्यहीँ बसेर काम गरेका हुन् । स्कुलको कक्षा सक्ने र ल्याबमा गएर काम गर्दै उनीहरूले भू-उपग्रह निर्माण गरेका हुन् । भूउपग्रह निर्माणमा विद्यार्थीको क्षमता र प्राविधिक जनशक्तिको कार्यदक्षता बढाउने उद्देश्यले विद्यार्थीलाई पनि सहभागी गराएको डा.ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विजरल्याण्डको डाभोसमा कतारी प्रधानमन्त्रीले भने-'गाजामा हामी पीएम देख्न चाहन्छौं'
-
सौगातसँग ब्रेक अप भएपनि उहाँको राम्रो होस्ः अभिनेत्री सृष्टि
-
कालीगण्डकीमा तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण
-
शिवसताक्षीमा फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?
-
शीर्ष क्लब लिभरपुल, एटलेटिको मड्रिड, बार्सिलोना र एटलान्टा च्याम्पियन्स लिगको अन्तिम १६ मा