पेरिस ओलम्पिकको अन्तिम दिन सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै
शनिबार, २६ साउन २०८१, १८ : ३९

पेरिस । पेरिस ओलम्पिकको अन्तिम दिन भोलि नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिकमा छनोट भएकी हुन् ।
सन्तोषी गत १५ गते पेरिस गएकी हुन् । दश दिन पेरिसमा नै उनले प्रशिक्षण गरिन् । त्यहाँको मौसमसँगै अभ्यस्त भइसकेकी सन्तोषीले उत्कृष्ट प्रदर्शन गर्ने बताएकी छन् । सन्तोषीले नेपालको लागि १३ औँ दक्षिण एसियाली खेलकुद सागमा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । पछिल्लो समय घरेलु म्याराथनमा उनी अब्बल खेलाडी हुन् ।
नेपालबाट सहभागी सातमध्ये ६ खेलाडी ओलम्पिक्समा सहभागी भएर फर्किसकेका छन्। जहाँ पौडीका एलेक्जेण्डर शाहले एक सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय रेकर्ड बनाएका थिए । यस बाहेक अन्य खेलाडी पहिलो चरणबाट बाहिरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दा हेर्दाहेर्दैमा
-
‘चमेलीको पोइ’ को छायाङ्कन सुरु
-
ज्ञानेन्द्र शाह राजा नै होइनन् : महन्थ ठाकुर
-
‘नरसिंहा: अवतार’ मा पुरानो हिट गीत ‘अच्छा लेकिन’ नयाँ स्वादमा
-
साझेदारी ‘मोडल’मा परिवार योजना शिविरः अझै परिवार नियोजनका साधनमा पहुँच पुर्याउन चुनौती
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रिक्त, सर्च कमिटी नै बन्न सकेन