जमिनमा गाडिएको अवस्थामा भेटियो चोरीका गहना
शनिबार, २६ साउन २०८१, १८ : ३६
_lQGQnUnvFc.jpg)
कैलाली । धनगढी उप-महानगरपालिका-४ बसपार्क स्थित योगेन्द्र ओझाको घरबाट चोरी भएका थप गरगहना प्रहरीले बरामद गरेको छ । उपमहानगरपालिकाकै वडा नम्बर १ बस्ने गीता भण्डारीले सञ्चालन गरेको खाजा पसल भित्र तथा सोही नजिक निजले भाडामा लिएको जमिनमा गाडिएको अवस्थामा ती गरगहना फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जमिनमा खाल्डो बनाई लुकाई राखेको अवस्थामा शनिबार नौगेडी १ थान , मङ्गलसूत्र १ थान, बरमाला १ थान, फेन्सीमाला १ थान, पत्थरवाला माला १ थान, बाला १ थान , ठुलो टप २ जोर (चार पिस), विभिन्न प्रकारका सानो टप (१३पिस), अँगुठी १ थान, सिक्री १ थान, हिरा जस्तो देखिने सिक्री १ थान, र नगद रु. ३४६ रुपैयाँ बरामद गरिएको छ । प्रहरीले चोरीको आरोपमा हर्कबहादुर गिरीलाई पक्राउ गरी चोरी मुद्दामा थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कसलाई कति फलदायी ?
-
देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको दरभाउ ?
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्नामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित