‘भैरव रिसालका छानिएका रचना-२’ सार्वजनिक

काठमाडौँ । वरिष्ठ पत्रकार भैरव रिसालको सङ्कलित रचनाहरूको सङ्ग्रह सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा उनको ९७ औँ जन्मदिनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रमकाबिच वरिष्ठ पत्रकार रिसालको सङ्कलित रचनाहरूको सङ्ग्रह ‘भैरव रिसालका छानिएका रचना-२’ सार्वजनिक भएको हो ।
पुस्तक सिमल बुक पब्लिकेशनले प्रकाशित गरेको छ । पुस्तकमा रिसालले विभिन्न समयमा विभिन्न पत्रपत्रिकाहरूमा लेखेका लेख तथा रचनाहरूलाई छानेर समावेश गरिएको छ । पुस्तक सार्वजनिकिकरण कार्यक्रममा बोल्दै विभिन्न व्यक्तित्वहरूले ९७ वर्ष पुगिसकेका रिसालको ऊर्जाको प्रशंसा गरेका थिए । रिसालले आफ्नो पत्रकारिताका दिनहरूमा र लेखनमार्फत देशलाई योगदान पुर्याएको भन्दै सम्मान व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रिसालले बहुमूल्य जिन्दगी बाँचेको बताए । रिसालले आफ्नो छविलाई बेदाग बनाएको भन्दै यसले सबैलाई प्रेरित गरेको उनले बताए ।
रिसालले अझै पनि सक्रिय जीवन व्यतीत गरिरहेको भन्दै आगामी दिनमा पनि रिसालको लेख रचना आउनेमा आमन्त्रित अतिथिहरूले विश्वास व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक