जसपा नेपालको केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा तय
_PDO3Au3loH.jpg)
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकका लागि एजेन्डाहरू तय गरिएको छ । पार्टीको नव गठित केन्द्रीय समितिको बैठक आइतबारदेखि ललितपुरस्थित थसी बैंक्वेटमा सुरु हुँदैछ ।
बैठक साउन ३० गतेसम्म चल्नेछ । बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरुमा छलफल गरी आवश्यक निर्णय हुने जनाइएको छ । गत जेठ अन्तिममा महाधिवेशन सम्पन्न गरेको पार्टीको पहिलो बैठकमा केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ पनि लिने छन् ।
जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा पार्टीको महाधिवेशन सम्पन्न भएको थियो । सो महाधिवेशनले केन्द्रीय समिति चयन गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो । अध्यक्ष यादवले असार २७ गते नौ जना कार्यकारिणी सदस्यसहित २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरेका थिए ।
पार्टी अध्यक्ष यादवका निजी सचिव महेश चौरसियाले दिएको जानकारी अनुसार बैठकका लागि १० वटा एजेन्डा र कार्यसूचीहरू तय गरिएको छ । यस्ता छन् बैठकका एजेन्डा:
१. वर्तमान भू-राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध ।
२. नेपालको वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा हाम्रो पार्टीको भूमिका ।
३. नेपालको सन्दर्भमा पहिचान र राष्ट्रिय जातीय मुक्तिको सवाल ।
४. नेपालको सन्दर्भमा समाजवाद सम्बन्धी अवधारणा |
५. जनता समाजवादी पार्टी, नेपालका आदर्श, वैचारिक एवम् सैद्धान्तिक अवधारणा ।
६. संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा ।
७. स्थानीय तह (२) प्रदेश सभा र (३) संसद्मा पार्टीको भूमिका ।
८. पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्धमा ।
९. देशव्यापी रूपमा जनपरिचालन अभियान (सदस्यता वितरण, संगठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायतका आवश्यक कार्यक्रमहरू) । उपरोक्त सम्बन्धमा कार्ययोजना तथा कार्यक्रम निर्माण लगायत सम्बन्धमा ।
१०. उपरोक्त अभियान सम्बन्धी कार्यक्रमहरू सम्पन्न गर्न समय अवधि निर्धारण गर्ने र केन्द्रीय समितिमा रहनु भएका प्रत्येक सदस्यहरूलाई जिल्ला / महानगर/नगर लगायत स्थानीय तहहरूको अभियन्ताको रूपमा जिम्मेवारी एवम् दायित्व तोक्ने सम्बन्धमा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प प्रशासनले फिर्ता लियो यूएनको खाद्य कार्यक्रमको फन्डिङ कटौतीको निर्णय
-
युनुसलाई बङ्गलादेश चलाउने कुनै संवैधानिक अधिकार छैनः हसिना
-
तस्बिरमा हेर्नुहोस् अछाम आगलागीले पुर्याएको क्षति
-
नेपालको विजयी सुरुवात, ब्याट्सम्यानहरु लयमा देखिएपछि कतारलाई सजिलै हरायो
-
सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा भने तालाबन्दी
-
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द