मुलुकमा पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेश सरकार तयार छ : मुख्यमन्त्री लामा

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि आफूहरु तयार रहेको बताएका छन् । एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ, नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री लामाले वागमती प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च गरेको पाइएको उल्लेख गर्दै अब भने त्यस्तो गल्ती नगर्ने बताए । उनले पर्यटकलाई आकर्षित गर्ने गन्तव्य स्थलहरुको निर्माण गरेर उनीहरुलाई आकर्षित गर्न सकिने भएकाले त्यसमा प्रदेश सरकारले विशेष ध्यान दिने बताए ।
मुख्यमन्त्री लामाले विभिन्न खालको पर्यटकहरु नेपाल आउने भएकाले उनीहरुको चाहना अनुसारको गन्तव्य स्थलहरुको निर्माणमा पनि प्रदेश सरकारले काम गर्ने बताए । उनले व्यवसायीहरुको समस्या समाधान गरेर अघि बढन प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
मुख्यमन्त्री लामाले पर्यटकहरुलाई आकर्षित गर्नका लागि समाजलाई समेत सचेत गराउन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति
-
नेपालमा कति छन् विद्यालय ?
-
प्रधानमन्त्री ओली लुम्बिनीमा
-
मनमोहन अधिकारीले ल्याएको कार्यक्रमको जस अहिले पनि एमालेले पाइरहेको छ : पूर्वराष्ट्रपति भण्डारी