मनमोहन कार्डियोथोरासिक सेन्टरको भवनबाट हाम फालेका युवकको मृत्यु
शनिबार, २६ साउन २०८१, १६ : २६

काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट छतबाट हाम फालेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका(४ बस्ने २१ वर्षीय स्वरूपराज आचार्य रहेका छन् ।
शनिबार दिउँसो करिब ३ बजे आचार्य त्रिवि शिक्षण अस्पतालमा रहेको सेन्टरको भवनबाट हाम फालेका थिए । भवनको छैटौँ तलामा रहेको एस क्याफेको छतको रेलिङ हामफाली उनी घाइते भएका थिए ।
उनलाई तत्काल उपचारको लागि उक्त हस्पिटलको इमर्जेन्सीमा लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन
-
उदण्ड प्रदर्शनका दोषीमाथि कानुनी कारबाही गर्न महासंघको माग
-
स्टुआर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्र समर्थकको उद्दण्ड प्रदर्शनमा दुई जनाको मृत्युदेखि कर्फ्यू आदेश र सेना परिचालनसम्म
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा