फोटोफिचर
फेरि माइतीघरको पोलमा चढिन् महिला, प्रहरीद्वारा उद्धार
शनिबार, २६ साउन २०८१, १५ : २८

काठमाडौँ । राजधानीको माइतीघरमा रहेको राष्ट्रिय झन्डा राखिएको पोलमा चढेर एक महिला हाम फाल्ने प्रयास गरेकी छन् । लामो समयदेखि माइतीघरमा धर्ना दिइरहेकी ती महिला शनिबार पोलमा चढ्न पुगेकी हुन् ।
२ वर्षसम्म लिभ(इन सम्बन्धमा बसेर पनि केटाले विवाह गर्न नमानेपछि तारा शाही नाम गरेकी ती महिलाले विगत एक महिनाभन्दा बढी समयदेखि माइतीघरमा बसेर धर्ना दिँदै आइरहेकी थिइन् । माइतीघरमा आफूले छाडेको ब्यानर हराएको भन्दै उनी पोलमा चढेकी हुन् । उनलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
यसअघि पूर्वन्यायाधीश भुवन गिरीको श्रीमती पनि त्यही पोलमा चढेकी थिइन् । पीडित राहत कोषबाट स्वास्थ्य उपचार तथा जीविकोपार्जनका लागि राहतको व्यवस्थापन गरिदिन माग गर्दै पोल चढेकी आरती रावललाई पनि प्रहरीले उद्धार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फ्यामिली म्यान–३’ का अभिनेता मृत फेला
-
क्यानडामा मतगणना जारी, मार्क कार्नीको लिबरल पार्टीले जित्ने संकेत
-
अमेजनले लन्च गर्यो आफ्नो पहिलो इन्टरनेट स्याटलाइट
-
प्रतिनिधिसभामा विपक्षीको विरोध
-
एनआरएनएका प्रतिनिधिहरुको जोड– एकता महाधिवेशन तोकिएको मितिमै सम्पन्न होस्
-
नर्भिकमा पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने