मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय
प्लास्टिक ओढेर प्रदर्शन, तस्बिरहरू
प्रदर्शन

प्लास्टिक ओढेर प्रदर्शन, तस्बिरहरू

शनिबार, २६ साउन २०८१

काठमाडौँ ।  निर्मला कुर्मी हत्याको मुख्य अभियुक्तलाई नै मन्त्री बनाएको भन्दै काठमाडौँमा प्रदर्शन जारी छ । बर्खे झरीमा पनि प्लास्टिक ओढेरै रूबी खान नेतृत्वको समूहले आफ्नो आन्दोलन जारी राखेका हुन् । 

nirmala kurmi rubi khan (1)

हत्याको मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै रूबी खानको नेतृत्वमा हिजोदेखि धर्ना सुरु गरिएको थियो । शनिबार दिउँसो पानी पर्न सुरु भएसँगै उनीहरूले प्लास्टिक ओढेरै आफ्नो धर्नालाई निरन्तरता दिएका हुन् ।

nirmala kurmi rubi khan (2)

मुद्दा अदालत पठाउन पटक-पटक सरकारले सहमति गरे पनि मुख्य अभियुक्तलाई नै मन्त्री बनाएको विरोधमा पाँचौँ चरणको आन्दोलन सुरु गरिएको हो । 

nirmala kurmi rubi khan (3)

उनीहरूले निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादसाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाउनुपर्ने, निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्‍याउनुपर्ने, आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरू राखेका छन् ।

nirmala kurmi rubi khan (4)nirmala kurmi rubi khan (5)nirmala kurmi rubi khan (6)nirmala kurmi rubi khan (7)nirmala kurmi rubi khan (8)nirmala kurmi rubi khan (9)nirmala kurmi rubi khan (10)nirmala kurmi rubi khan (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया