रोकिएन बंगलादेशमा आन्दोलन, प्रधानन्यायाधीशको राजीनामा माग
शनिबार, २६ साउन २०८१, १५ : ०४

ढाका । बंगलादेशमा अन्तरिम सरकार बनेपछि पनि विद्यार्थी आन्दोलन रोकिएको छैन । शनिबार आन्दोलनरत विद्यार्थीले बंगलादेशको सर्वोच्च अदालत घेराउ गरेका हुन् ।
बीबीसी बंगला सेवाका संवाददाता अकबर हुसेनका अनुसार हजारौँ प्रदर्शनकारी विद्यार्थीले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छन्। प्रधानन्यायाधीशले पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा न्यायिक विद्रोह गर्ने काम गरिरहेको विद्यार्थीहरूले आरोप लगाएका छन् ।
यसअघि बंगलादेशमा अन्तरिम सरकार गठन भएको थियो । नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रूपमा शपथ लिएका छन् । राष्ट्रपति मोहम्मद शाहबुद्दीन, सैनिक नेता र विद्यार्थी नेताहरूबिचको बैठकपछि प्राध्यापक युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा मनोनीत गर्ने निर्णय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म