राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताएका छन् । शनिबार काठमाडौँ क्षेत्र नं १ मा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने गरी काम गरेर निराशा चिर्ने बताए ।
अहिलेको सरकार विशिष्ट अवस्थामा बनेकोबारे सबैलाई जानकारी रहेको भन्दै उनले राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताए ।
आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा उनले यस क्षेत्रका मतदाताका कारण आफूले अहिले अवसर पाएको भन्दै मतदाताको चाहनाअनुसार विगतमा भन्दा धेरै काम गर्ने पनि बताए । आफूले विगतमा अवसर पाउँदा पनि काम गरेको र अहिले पहिले भन्दा धेरै काम गर्नुपर्छ भन्नेमा सचेत रहेको बताए ।
अर्को फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले जनमतको उपेक्षा गर्दै केही दलहरूले निराशा र अस्थिरता बढाउने गरी भ्रम छरेकाले त्यसलाई रोक्न बनेको कांग्रेस एमाले सम्मिलित सरकारलाई काम नगर्ने छुट नरहेको सिंहले बताए ।
सामाजिक सञ्जाल सन्देश प्रवाहको महत्त्वपूर्ण माध्यम भएपनि दुरुपयोग भइरहेको र केही दलले सामाजिक सञ्जाललाई भ्रम छर्ने माध्यम बनाएको भन्दै त्यसमा सचेत रहन पनि उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको पहिलो दिन यस्तो छ विदेशी मुद्राको दरभाउ
-
नयाँ वर्षमा राष्ट्रपतिको शुभकामना : सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त
-
आजदेखि नववर्ष अर्थात् २०८२ प्रारम्भ
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी