स्रोत नखुलेको दुई लाख बढी रुपैयाँसहित भारतीय पक्राउ

रौतहट । रौतहटमा स्रोत नखुलेको नेपाली दुई लाख बढी रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले बिहार सितामढी जिल्ला बैरगनिया ३ असोगीका ३४ बर्षीय रबिन्द्र कुमारलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी ११ नम्बर हेक्वा गण गौरबाट खटिगएको मोबाइल गस्ती टोलीले बौधिमाई नगरपालिका ७ अरुवा खोला छेउ सिमावर्ती इलाकाबाट उनलाई पक्राउ गरेको हो ।
भारत बिहार सितामढी जिल्ला बैरगनिया ३ असोगीका ३४ वर्षीय रबिन्द्रकुमार लाई २ लाख ११ हजार ८४० रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ भारतबाट नेपाल आउनेक्रममा रबिन्द्रकुमार चढेको विआर ३० ए एफ ६९३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त रकम बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताए ।
बरामद रुपैयाँ र मोटरसाइकलको १ लाख ५० रुपैयाँ मूल्याङ्कनसहित इन्द्र कुमारलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई