गुरुदेव कामतप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौँ । नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व स्वर्गीय गुरुदेव कामतप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । शास्त्रीय सङ्गीतका गुरु, सङ्गीतकार तथा गायक कामतको गत साउन १७ गते निधन भएको थियो ।
गुरुदेव कामत सङ्गीत फाउन्डेसन तथा गुरुकुल सङ्गीत पाठशाला परिवारद्वारा आयोजित श्रद्धाञ्जली एवं समवेदना कार्यक्रममा उपस्थित कलाकारहरू उनको सम्झनामा गीत प्रस्तुत गरेका थिए ।
६९ वर्षको उमेरमा निधन भएका कामतको मिर्गौलामा समस्या देखिएपछि केही महिना काठमाडौँमा रहेर उपचार गराएका थिए । तर आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर उनी जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए ।
जन्मथलो फर्किएर उनले लहानस्थित अस्पतालमा डायलासिस गराइरहेका थिए । उपचारको क्रममा उनको निधन भएको थियो । दिवङ्गत कामतका श्रीमती, तीन छोरा र एक छोरी छन् । उनी नेपालसहित भारतमा पनि प्रख्यात रहेका थिए । तस्बिर : प्रदीपराज वन्त/रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता