बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

पेरिस ओलम्पिक : यौन दुर्व्यवहारको आरोपमा इजिप्टका रेस्लर पक्राउ

शनिबार, २६ साउन २०८१, ०८ : २५
शनिबार, २६ साउन २०८१

पेरिस । पेरिस ओलम्पिकमा सहभागी इजिप्टका रेस्लर मोहम्मद ‘केशो’ इब्राहिम यौन दुर्व्यवहारको आरोपमा पेरिसमा पक्राउ परेका छन्।  क्याफेमा अर्का ग्राहकको नितम्ब छोएको आरोपमा उनलाई पक्राउ गरिएको बुझिएको छ। 

पेरिस अभियोजक कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इजिप्टमा मार्च १९९८ मा जन्मिएका एक व्यक्ति, जो ओलम्पिक प्रतिनिधिमण्डलमा कुस्ती खेलाडी थिए, अगस्त ९ मा बिहान ५ बजे ओज क्याफे अगाडिबाट पक्राउ परेका छन् ।’

इजिप्टियन ओलम्पिक कमिटी (ईओसी) ले टोकियो २०२० खेलकुदमा कांस्य पदक जितेका केशोलाई पक्राउ गरिएको खुलाएको छ । ईओसीले यस विषयमा इथिक्स कमिटीले छानबिन गर्ने र उनले प्रतिस्पर्धाबाट आजीवन प्रतिबन्धको सामना गर्न सक्ने बताएको छ ।

‘यदि आरोपहरू प्रमाणित भएमा, केशोले स्थायी प्रतिबन्धको सामना गर्नुपर्ने छ । उनलाई घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिनबाट रोकिनेछ,’ ईओसीले भन्यो।
केशो पुरुष ६७ केजी ग्रीको-रोमन कुस्तीको पहिलो चरणमा बुधबार अजरबैजानका हसरत जाफारोभसँग पराजित भएका थिए ।

ईओसीका अनुसार उनलाई आफ्नो तौल श्रेणीको फाइनल हेर्न क्याम्प छाड्न अनुमति दिइएको थियो । तर उनी नफर्की आफ्नो फोन बन्द गरेर बसेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप