ललितपुरको नागदहमा डुबेका पुरुषको उद्धार
शुक्रबार, २५ साउन २०८१, २१ : २९

काठमाडौँ । ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित नागदहमा डुबेका युवकलाई प्रहरीले उद्धार गरेको छ । गोदावरी घर भएका ३९ वर्षीया श्याम मालीलाई पोखरीबाट उद्धार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
नागपञ्चमीको अवसरमा पूजा गरिरहेका माली पोखरीमा पौडी खेल्न जाँदा डुबेका हुन् । उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।