चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुको आक्रणमबाट एक वर्षमा १२ जनाको मृत्यु
मकवानपुर । चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुको आक्रमणबाट गत आर्थिक वर्ष १२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा चितवन, मकवानपुर र नवलपरासीमा भएका वन्यजन्तुको आक्रमणका घटनामा १२ जनाको मृत्यु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार सो अवधिमा बाघको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने गैंडाको आक्रमणबाट ५, हात्तीको आक्रमणबाट १ र गोहीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
समीक्षा अवधिमा बाघको आक्रमणबाट चितवनको भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र खैरहनी नगरपालिकाका ४ जनाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए ।
उनका अनुसार भरतपुर–२८ कोटेनीका वर्ष २६ को आश बहादुर बोटेलाई माछा मार्ने क्रममा बाघले आक्रमण गरेको थियो । २०८० साउन ८ मा अनउलीबाट राप्ती नदी पारी निकुञ्जको कोर क्षेत्रमा माछा मार्ने क्रममा उनलाई बाघले आक्रमण गर्दा मृत्यु भएको थियो ।
२०८० साउन २१ मा खैरहनी नगरपालिका–१२ का ३५ वर्षीय अनिल तामाङ केरा घारीमा जाँदा बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट उनको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।
राप्ती नगरपालिकाका २ जनाको एकै दिन बाघको आक्रमणबाट मृत्यु भएको निकुञ्जको तथ्याङ्क छ । राप्ती नगरपालिका–१ दुवीचौरका ४३ वर्षका हरी प्रसाद पौडेल र १८ वर्षका पुष्पराज तामाङलाई एकै दिन बाघले आक्रमण गरेको थियो ।
२०८० मंसिर ८ मा मनहरी गाउँपालिका–६, जोगीतालको खर घारीमा खर काट्दै गर्दा दुवै जनालाई बाघले आक्रमण गरेको र उनीहरूको मृत्यु भएको थियो ।
यस्तै रत्ननगर नगरपालिका–६ लौखानीका ७५ वर्षीय नवराज अधिकारीलाई २०८० साउन ४ बाघमारा मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएको अवस्थामा गैंडाले आक्रमण गरी मारेको थियो ।
भरतपुर महानगरपालिका–२५ का ६९ वर्षका शुकराम बोटेको पनि गैंडाको आक्रमणबाट मृत्यु भएको निकुञ्जको तथ्याङ्क छ । २०८० जेठ २८ मा हरियाली सामुदायिक वन क्षेत्रभित्र निउरो टिप्ने क्रममा उनलाई गंैडाले अक्रमण गरेको हो ।
भरतपुर–२३, घैलाघारीका ६२ वर्षका पुर्ण बहादुर बोटे २०८० पुस २१ मा मृत भेटिएका थिए । पुस २० गतेदेखि बेपत्ता भएका उनको निकुन्जको संयुक्त टोलीले खोजी कार्य गर्दा शव फेला परेको थियो । उनको गैंडाको आक्रमणबाट मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।
कावासोती–१० रतोलकी ७८ वर्षकी जगनी माया थारुको बाख्रा चराउने क्रममा गैंडाको आक्रमणबाट मृत्यु भएको थियो । २०८० चैत २७ मा कृष्णसार मध्यवर्ती सामुदायिक वन क्षेत्रमा उनलाई गैंडाले आक्रमण गरेको थियो ।
गोरखा आरुघाट–८ का सुवास रेग्मीको गैंडाको आक्रमणबाट मुत्यु भएको निकुञ्जले जनाएको छ । रत्ननगर–६ बस्दै आएका ३२ वर्षका रेग्मीलाई पर्यटक घुमाउने क्रममा गैंडाले आक्रमण गरेको थियो ।
२०८१ वैशाख १ मा हात्ती प्रजनन् केन्द्रको पश्चिमी क्षेत्रमा पर्यटक घुमाउने क्रममा गैंडाले आक्रमण गर्दा रेग्मीको मुत्यु भएको हो ।
रत्ननगर–५ मगर टोलका ४७ वर्षका फगुना महतोको गोहीको आक्रमणबाट मृत्यु भएको थियो । घाँस लिएर घर फर्किरहेको अवस्थामा २०८० भदौ ३० गते उलाई मगर गोहीले आक्रमण गरेको थियो ।
मध्यबिन्दु–२, नवलपुरका ७२ वर्षका मिल बहादुर थारुको २०८१ असार १० मा नारायणी नदीको उत्तरी किनारा नजिकै आफ्नै जग्गामा बनेको घोलमा नुहाएर फर्कने क्रममा मगर गोहीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
मनहरी–६ नयाँबस्तीका ५४ वर्षका काले बहादुर वोटेको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । २०८१ बैशाख ४ मा निकुञ्जको कोर क्षेत्र (प्रतापपुर क्षेत्र) मा हात्तीको आक्रमणबाट उनको मृत्यु भएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुको आक्रमणबाट गत आर्थिक वर्ष ४७ जना घाइते भएका छन् । तथ्याङ्क अनुसार हात्ती र गैंडाले मानिसमा बढी आक्रमण गरेका छन् ।
निकुञ्जको तथ्याङ्क अनुसार हात्ती र गैंडापछि बाघ, गोही, भालुको आक्रमणबाट मानिस बढी घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी करिडोरः लमाएखोलामा पुल पुनःनिर्माण सुरु
-
कैलालीमा ६ लाख बढीको अवैध सामान बरामद
-
महत्त्वपूर्ण ८ पद हत्याउने दबाबमा एमाले, कांग्रेस र माओवादी
-
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
-
गायिका लक्ष्मीले नचाइन् भारतको जोलजीबी मेलामा दर्शक
-
स्थानीय तह उपनिर्वाचन : प्रचारप्रसार गर्ने आज अन्तिम दिन