शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

दुर्गेशले तयार पारेको यस्तो छ ‘ह्रस्व दीर्घ’को ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ गीत

शुक्रबार, २५ साउन २०८१

काठमाडौँ । संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार नाग पञ्चमीको अवसर पारेर सार्वजनिक ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीतमा फिल्मका मुख्य कलाकार नीता ढुंगाना र हरिहर अधिकारी देखिएका छन् ।

गीतमा दुर्गेश थापाको संगीत, शब्द र एरेञ्ज छ । गायनमा दुर्गेशलाई सदिक्षा कट्टेलले साथ दिएकी छन् । सुष्मा सुनामको कोरियोग्राफी रहेको यो गीतले दर्शकमाझ फिल्मको हाइप निर्माण गर्ने विश्वास टिमको छ ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको फिल्ममा अभिनय छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्म बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । 

चन्द्र पन्तले निर्देशन रहेको फिल्ममा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । चन्द्रको यो निर्देशन डेब्यु फिल्म हो । यसअघि उनले केही भोजपुरी फिल्म निर्देशन गरेका थिए । फिल्म मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया