नेपाल–ओमानबिच सिधा हवाई उडानको माग

काठमाडौँ । ओमानमा रहेका नेपाली श्रमिकहरूले नेपाल–ओमान बिच सीधा हवाई उडानको व्यवस्था गर्न माग गरेका छन् ।
नेपाल र ओमानबिचको दुई पक्षीय संयन्त्रको पहिलो बैठकमा भाग लिन ओमान पुगेकी परराष्ट्र सचिव सेवा लम्सालसँग अन्तरक्रिया गर्दै नेपालीहरूले सो माग गरेका हुन् ।
उनीहरुले व्यक्तिगत मागपत्र प्रमाणीकरण, घरेलु महिला कामदार, नेपाली श्रमिकको उद्धार, क्षतिपूर्ति, शव व्यवस्थापन, पर्यटन, व्यापार, लगानी, ओमानमा नेपालीहरूको लागि रोजगार लगायतका विषयमा पनि सुझाव दिएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।
परराष्ट्र सचिव लम्सालले नेपाली श्रमिकहरूले राखेको जिज्ञासाको जवाफ दिँदै मध्यपूर्व एसियामा रहेका सम्पूर्ण नेपाली श्रमिकहरूको हित संरक्षणको लागि नेपाल सरकारले गरेको प्रयासबारे जानकारी दिइन् ।
समस्याको दीर्घकालीन समाधानको लागि नीतिगत सुधार सम्बन्धमा प्राप्त सुझावलाई समावेश गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले ओमानमा रहेको नेपाली दूतावासले गरेको कामलाई प्रशंसा गरिन् । उनी शुक्रबार नेपाल फर्केको दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ