भक्तपुरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
शुक्रबार, २५ साउन २०८१, २० : १६

काठमाडौँ । भक्तपुरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बागमती प्रदेश–२ क ९९११ नम्बरको अक्सफोर्ड स्कुलको बसले ठक्कर दिँदा रियान्सी नेपालको मृत्यु भएको भक्तपुरका जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए ।
६ वर्षीया रियान्सी सोही स्कुलमा सोही स्कुलमा अध्ययनरत थिइन् । बसबाट ओर्लिएर बाटो क्रस गर्न लाग्दा त्यहि बसको ठक्करले गम्भीर घाइते भएपछि उपचारको लागि उनलाई डा. ईवामुरा अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको डीएसपी कार्कीले जानकारी दिए ।
बस चालक ५९ वर्षीय कान्छा देउपाललाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘पिताम्बर’ का दर्शक भेट्न किन हलमा पुगे प्रदीप र दिव्या ?
-
ऋग्वेदका ऋचा रच्ने लोपामुद्रा को थिइन् ?
-
जिन्दगानी हाम्रो यो दुई दिनलाई...
-
जीवन भोगाइ र अनुभवको लिखित सँगालो नै पुस्तक हो : पूर्व प्रधानन्यायाधीश कार्की
-
‘मलाई धर्म परिवर्तन गर्न कहिल्यै दबाब दिइएन’
-
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकमा कति दफामा जुट्यो सहमति ?