केटीको बिहे गर्ने उमेर घटाएर ९ वर्षमा झार्दै इराक

बगदाद । इराकले केटीहरूको बिहे गर्ने कानुनी उमेर घटाएर ९ वर्षमा झार्ने भएको छ । त्यहाँको संसदमा केटीको बिहे गर्ने कानुनी उमेर घटाउने प्रस्तावित विधेयक पेस गरिएको छ । अहिले यो उमेर १८ वर्ष छ । यो संशोधन विधेयक पारित भयो भने कानुनले केटीलाई ९ वर्ष र केटालाई १५ वर्षकै उमेरमा बिहे गर्न अनुमति दिनेछ । यसले बाल विवाह र शोषणको चिन्ता बढाएको छ ।
यसले महिलाको अधिकार र लैङ्गिक सवालमा भइरहेको प्रगतिलाई उल्ट्याउने तर्क आलोचकहरूले गरिरहेका छन् । मानव अधिकारीवादी संघसंस्था, महिला अधिकार समूह र नागरिक समाजका अभियन्ताहरूले यो विधेयकको कडा आलोचना गरिरहेका छन् ।
यसले बालिकाहरूको शिक्षा, स्वास्थ्य र समृद्धिमा नकारात्मक असर गर्ने, विद्यालयको पढाई बिचमै छाड्नेको सङ्ख्या बढाउने र सानो उमेरमै गर्भधारण गर्ने किशोरीको सङ्ख्या बढाउने र घरेलु हिंसाका घटनाहरू पनि बढ्ने चेतावनी उनीहरूले दिइरहेका छन् । इराकमा अहिले नै २८ प्रतिशत केटीहरूले १८ वर्ष नपुग्दै बिहे गर्ने गरेको युनिसेफले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति
-
‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व
-
नेता तथा उच्च पदस्थको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग
-
कोशी प्रदेश सभामा ‘राजा’ शब्द निषेध