भारतका विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउँदै
शुक्रबार, २५ साउन २०८१, १९ : २४

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् ।
परराष्ट्र सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव मिस्री आइतबार नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणको क्रममा उनले नेपालमा उच्चस्तरीय भेटघाटको साथै दुई देशका परराष्ट्र सचिवको बिचमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने र पारस्परिक लाभकारी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
दुई छिमेकी देशबिचको नियमित भ्रमण रहेको उल्लेख गर्दै मन्त्रालयले विदेश मन्त्री मिस्री साउन २८ गते सोमबार भारत फर्किने कार्यक्रम रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत