इको ब्राण्डको मिनिरल वाटरमा कीटाणु भेटियो

काठमाडौँ । इको ब्राण्डको मिनिरल वाटरमा कीटाणु भेटिएको छ ।
शुक्रबार काठमाडौँको अनामनगरस्थित किम्ची फाष्टफुड एण्ड तन्दुरी रेष्टुरेण्टका ग्राहकले पानी पिउने बेलामा सो मिनिरल वाटरको बोतलमा कीटाणु फेला पारेका हुन् ।
सो मिनिरल वाटरको बोतलमा लार्भाजस्तो कीटाणु भेटिएपछि काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले सिल गरेर परीक्षणको लागि कृषि तथा पशुपक्षी विभागमा पठाएको छ । मिनिरल वाटरको बोतलमा राखिएको पानीमा लार्भाजस्तो वस्तु देखिएपछि अनुगमनका लागि सम्बन्धित विभागमा सिल गरेर पठाउने काम गरिएको काठमाडौँ महानगरपालिकाका प्राविधिक अशोक पराजुलीले जानकारी दिए ।
उनले भने, ‘यो हामी विभागमा जान्छौँ । अनि उहाँहरूसँग लिखित स्पष्टीकरण माग्छौँ । उहाँहरूलाई कारबाहीका लागि के गर्ने भनेर माथिबाट सरहरूले निर्णय गर्नुहुन्छ । कारबाही तोक्ने कुरा उहाँहरूले गर्नु हुन्छ । मैले पानीमा हेर्दाखेरी लार्भा जस्तो कीराहरू देखिएको छ । यो एउटा कैफियत नै हो । कारबाही हाम्रो कृषि तथा पशुपक्षी विभागले गर्छ । कीटाणु नै भन्न सकिएन । तर प्रारम्भिक रूपमा लार्भा हो जस्तो लाग्यो । स्थानीय ऐन अनुसार उहाँहरूमाथि कारबाही हुन्छ ।’
प्राविधिक पराजुलीका अनुसार काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले सो वाटरमा रहेको लार्भाजस्तो वस्तु कीटाणु हो/होइन भनी परीक्षण गरेर मात्रै कानुनी कारबाहीको प्रक्रियामा अघि बढाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि पक्राउ : प्रहरी ज्यादती भएको भन्दै रास्वपाले बुझायो आयोगलाई ज्ञापनपत्र
-
अछाम आगलागी पीडितलाई प्रदेश सरकारको ५० लाख सहयोग
-
बाराबाट २ किलो भन्दा बढी अफिमसहित एकजना पक्राउ
-
‘पिताम्बर’ र ‘कर्माले कति पायो शोज ?
-
चीनको एक नर्सिङ होममा भीषण आगलागी, २० जनाको मृत्यु
-
अमेरिकाले ९ लाख आप्रवासीको अनुमतिपत्र रद्द गर्यो, तुरुन्तै देश छोड्न आदेश