बाँके कारागारमा क्षमताभन्दा ३ गुणा धेरै कैदी बन्दी, जयेन्दु सुधार गृहमा ९३ जना वयस्क

काठमाडौँ । बाँके सदरमुकाममा सञ्चालित कारागारमा क्षमताभन्दा ३ गुणा बढी कैदी बन्दी रहेको भेटिएको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले अनुगमन गर्दा टहरामा रहेको कारागारमा शौचालय पर्याप्त भेटिएन । कारागारमा ३५० जना मात्र अट्ने क्षमता भए पनि ९९६ जना कैदी तथा थुनुवा रहेको अनुगमन रिपोर्टमा उल्लेख छ । रिपोर्टमा भनिएको छ, ‘कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा राखिएकाले भातको थाली राखेर खान समेत समस्या रहेको भेटियो ।’
समितिकी सभापति विमला सुवेदी, सदस्यहरू चन्द्रबहादुर विश्वकर्मा, ध्रुवबहादुर प्रधान, पूर्णबहादुर घर्ती, शेरबहादुर कुँवर र सोबिता गौतमले बाँकेको जयेन्दु बालसुधार गृह, बाँके, बर्दिया र सुर्खेतको कारागार अनुगमन गरेका हुन् । उप–समितले तयार गरेको प्रतिवेदन शुक्रबार पारित गरिएको छ ।
बाँकेको डुडुवा गाउँपालिका–६ स्थित आस्मानपुरमा सञ्चालित जयेन्दु बाल सुधार गृहमा १८ वर्ष ननाघेका ९३ जना नाबालक कैदी रहेको भेटिएको छ । बाल सुधार गृहमा कुल २४० जना नाबालक बन्दी छन् ।
संसदीय अनुगमन उप–समितिले १८ वर्षभन्दा माथिका बालबालिकालाई कारागार वा अन्यत्र छुट्टै व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । अनुगमन उप–समितिले बालसुधार गृहमा खटिएका प्रहरीले बर्दी लगाउन र हतियार बोक्न नपाउने अहिलेको कानुन परिवर्तन गरेर हतियार राख्ने व्यवस्था लागू गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन समितिमा बुझाएको छ ।
कारागार कार्यालय बर्दिया र सुर्खेतमा पनि क्षमताभन्दा ४ गुणा बढी कैदी बन्दी राखेको भेटिएको छ ।
प्रतिवेदन-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीजहाज बोर्ड बनाउन सांसदको माग
-
जेनेभामा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छ
-
‘खाद्यान्नमा परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्छ’
-
महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक
-
दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन