शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
कानुन समिति

विराटनगरको बालसुधार गृहमा अधिकांश वयस्क कैदी (प्रतिवेदनसहित)

सुधार गृहको क्षमताभन्दा चौबर कैदी
शुक्रबार, २५ साउन २०८१, १५ : ४१
शुक्रबार, २५ साउन २०८१

काठमाडौँ । मोरङको विराटनगर बालसुधार गृहमा अधिकांश   १८ वर्ष उमेर कटेका भेटिएका छन् । अधिकांश बलात्कार मुद्दाका र वयस्क रहेका संसदीय समितिले गरेको अनुगमनबाट भेटिएको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उप–समितिले अनुगमन गर्दा सुधार गृहमा अधिकांश वयस्क र बलात्कार मुद्दामा कैदीबन्दी भेटिएका हुन् । समितिले २०८० चैत ८ मा उपसमिति गठन गरेको थियो ।

समितिमा जीवन परियार, पुष्प बहादुर शाह, रञ्जु कुमारी झा, राम कुमार राई र सुशिला थिङ सदस्य थिए । विराटनगर बालसुधार गृहको क्षमता ५० जना भएपनि अहिले २ सय २२ जना थुनामा रहेको उप–समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।  

वयस्कहरू धेरै हुँदा उनीहरूले साना उमेरका बालकहरूलाई कुटपिट र दुर्व्यवहार गर्ने गरेको उप–समितिको ठहर छ । समितिले आफ्नो प्रतिवेदनमा भनेको छ,‘बालसुधार गृहमा एउटा कोठामा खाटमुनी र माथि गरी तिन तहमा कोचाकेच गरेर बालकहरु बसेको पाइयो ।’

बालसुधार गृह सुधार गृहको रूपमा नभएको र यातना गृह जस्तो भएको निष्कर्ष सहित उप–समितिले कानुन संशोधन गर्न र भौतिक अवस्था परिमार्जन गर्न सुझाएको छ । झुम्का कारागारको व्यवस्थापन राम्रो रहेको उपसमितिका सदस्य पुष्प बहादुर शाहले बताए । समितिको शुक्रबारको बैठकमा उनले भने,‘मोरङ कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी रहेको पाइयो ।’

सदस्यहरूले मोरङ, सुनसरी र धनकुटा जिल्लाको कारागार अनुगमन गरेर प्रतिवेदन बुझाएका छन् । समितिकी सभापति विमला सुवेदीको प्रस्तावमा शुक्राबर सो प्रतिवेदन पारित भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप