वीरगञ्जबाट चार करोड मूल्य बराबरको भेप बरामद
शुक्रबार, २५ साउन २०८१, १५ : ०२

वीरगन्ज । पर्सा प्रहरीले पहिलोपटक वीरगन्जबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । वीरगन्ज महानगरपालिका ६ स्थित रेलवे रोडबाट पर्सा प्रहरीको विशेष टोलीले १५ हजार २ सय पीस भेप बरामद गरेको हो ।
रेल्वे रोडस्थितको डाँफे ट्रान्सपोर्टमा छापा मार्दा ७६ कार्टुन भेप बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए । गोदाममा अनाधिृकत रुपमा भेप भण्डरण गरिएको सूचना पाएपछि प्रहरीले छापा मारेको उनले बताए ।
उनका अनुसार बरामद भएको हरेक कार्टुनमा २ सय पीस भेप रहेको पाइएको छ । उनले भने, ‘सुरुमा ३/४ वटा पीस भन्सारबाट बरामद भयो, त्यसपछि हामी खोजविन गर्न थाल्यौं । सोही क्रममा डाँफे ट्रान्सपोर्टको गोदाममा भण्डारण गरेर राखिएको अवस्थामा भेप बरामद भएको हो ।’
बरामद भेपको बजार मूल्य ४ करोड ४६ लाखभन्दा बढी रहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिनेछ : प्रचण्ड
-
ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा (तस्बिरहरु)
-
धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक
-
५ बजे मन्त्रिपरिषद् बैठक, हटाइएलान् कुलमान ?
-
पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी, भारत र चीनका पर्यटक भित्र्याउने उद्देश्य
-
कृष्णकुमारको १० बुँदामा एकीकृत समाजवादीको समीक्षा (पूर्णपाठ)