एक्समा चुनावसम्बन्धी भ्रामक जानकारी फैलाउँदै मस्क

क्यालिफोनिर्या । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्समा अमेरिकी चुनावसम्बन्धी झुटा र भ्रामक दाबीहरू पोष्ट भएको बताइएको छ । एउटा पर्यवेक्षक संस्थाले सो दाबी गरेको हो ।
सेन्टर फर काउन्टिरिङ्ग डिजिटल हेड (सीसीडीएच)ले बताएअनुसार एक्समा झुटा र भ्रामक पोष्ट १ अर्ब २० करोड पटक हेरिएको छ । यसलाई राष्ट्रपति निर्वाचनमा एलन मस्कले कसरी प्रभाव पारिरहेका छन् भन्ने स्पष्ट भएको बताइएको छ । अन्वेषकहरूले यसअघि नै एक्स राजनीतिसम्बन्धी गलत जानकारीको केन्द्र बनेको भनेर चेतावनी दिएका थिए ।
मस्कले आफ्नो व्यक्तिगत खाताबाट झुट फैलाएर मतदातालाई प्रभावित गरिरहेको देखिएको पनि बताइएको छ । टेस्लाका सीईओ मस्कले यस पटकको राष्ट्रपति निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरिरहेका छन् । सीसीडीएचका अन्वेषकहरूले जनवरीदेखि मस्कले साझा गरेका ५० पोष्ट भ्रामक र गलत रहेको बताएका छन् । एक्समा मस्कका झन्डै १ करोड ८३ लाख फलोअर छन् । यीमध्ये कुनै पनि पोष्टमा कम्युनिटी नोट नभएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’