पत्रकार सम्मेलन
कुलमानलाई प्रश्न : लेखा समितिमा एक ट्रक बिल किन पठाउनु भयो ?
शुक्रबार, २५ साउन २०८१, १४ : ४४
२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक लेखा समितिलाई आवश्यक विवरणहरू नै उपलब्ध गराइएको बताएका छन् ।
ड्रेडिकेटेड तथा ट्रंक लाइनको महसुलसँग सम्बन्धित डकुमेन्टसँगै सर्पोर्टका अन्य विवरणहरू पनि समितिमा पठाउँदा केही धेरै हुन पुगेको उनको भनाइ छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा लेखा समितिमा अनावश्यक समेत रहेका एक ट्रक बिल किन पठाउनु भयो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले सबै सम्बन्धित र सपोर्टिङ डकुमेन्ट भएकाले अनावश्यक भन्न नमिल्ने बताए ।
तर, लेखा समितिले भने प्राधिकरणबाट प्राप्त भएको कागजातहरु छानेर लिने र बाँकी फिर्ता पठाइदिने बताइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
'राजसंस्था फर्काउँछु भन्नु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो'
-
महिला तथा बालबालिकाका नाममा संघसंस्थाले लगे १ अर्ब २२ करोड
-
तौल घटाउन दही खाने कि मोही ?
-
योगी आदित्यनाथ बन्लान् नरेन्द्र मोदीको उत्तराधिकारी ?
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बाढीले क्षतिग्रस्त सडकको ठेक्का खुल्यो, पुलको किन खुलाइएन ?