शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

‘जेलमा चौकीदार र नाइके प्रथा हटाउनुपर्छ, भीआईपी कक्ष खारेज गर्नुपर्छ’

शुक्रबार, २५ साउन २०८१, १४ : ४२
शुक्रबार, २५ साउन २०८१

काठमाडौँ । प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर विश्वकर्माले कारागार भित्र आन्तरिक प्रशासनको नाममा चौकीदार र नाइकेहरु राख्ने प्रथा हटाउनुपर्ने बताएका छन् । शुक्रवार कानून न्याय तथा मानव अधिकार समितिमा बोल्दै सांसद विश्वकर्माले भने– ‘चौकीदार र नाइके जेलको बातावरण सुधार्न भन्दा पनि दलाली गर्न बनाएको देखिन्छ ।’

कैदीहरुको समस्या सरल समस्याका समाधान गर्न चौकीदार र नाइकेहरुले छेक्ने हुनाले सो प्रथालाई खारेज गर्नुपर्ने विश्वकर्माले बताए । बालसुधार गृह र कारगारको स्थलगत निरीक्षण गरेर फर्केपछि सो समितिका सदस्य विश्वकर्माले जेलभित्र ‘भीआइपी कक्ष’ राख्न नहुने बताएका छन् । उनले भने– ‘अपराधी समान हुन्, जेलभित्र भीआईजी कक्ष राख्नुहुँदैन ।’

नेकपा एमालेका सांसद विश्वकर्माले कारागारलाई सुधार गृह बनाउन त्यहाभित्र शिक्षाको व्यवस्था गर्नुपर्ने बताए । उनले भने– ‘कारागारलाई सुधार गर्न त्यहाँभित्र शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था गर्नुपर्छ ।’

नेपालका कारगारमा करिब ३० हजार कैदीबन्दी छन् । स्थलगत निरिक्षण गर्दा बलात्कार आरोपमा जेल पर्नेहरु सबैन्दा धेरै भेटिएको विश्वकर्माले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप