शेख हसिनाका छोराले भने– आमाको ज्यान बचाएकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद
शुक्रबार, २५ साउन २०८१, १३ : ४९

ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा साजिव वाजिद जोयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद भनेका छन् । यति कम समयमा जानकारी दिएर पनि आफ्नो आमाको ज्यान बचाएको भन्दै उनले मोदीलाई कृतज्ञता व्यक्त गरेका हुन् ।
आफ्नी आमा अझै केही समय भारतमै बस्ने पनि उनले बताए । बंगलादेशमा हिजो राति मात्रै बनेको अन्तरिम सरकारले चुनाव गराउने निर्णय गरेलगत्तै हसिना बंगलादेश फर्किने उनले बताएका छन् ।
टाइम्स अफ इन्डियासँगको कुराकानीका क्रमम उनले भने, ‘म मेरो पार्टी र कार्यकर्ताहरूलाई बचाउन जे पनि गर्नेछु । यसका लागि राजनीतिमा आउनु परेपनि म पछि हट्ने छैन ।’
अवामी लिगले आगाी चुनावमा भाग लिनेमा उनी विश्वस्त देखिए । आफूहरूसँग बंगलादेशका जनताको सबैभन्दा ठूलो समर्थन रहेको र चुनावमा पार्टीले जित्ने सम्भावना भएको पनि उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म