यम बरालले सार्वजनिक गरे नयाँ गीत ‘बाख्रा करायो’

काठमाडौँ । गायक यम बरालले नयाँ गीत ’बाख्रा करायो’ ल्याएका छन् । लोकदोहोरी शैलीको यो गीतमा यमलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन् ।
गीतमा डीपी खनालको शब्द र यम बरालकै संगीत छ । गीतको भिडियोमा प्रेमिकालाई फकाउन प्रेमीले गरेको भूमिका रमाइलो ढंगमा देखाउन खोजिएको छ ।
भिडियोमा यम बराल, कृष गुरुङ, जुना कार्की र चाहना राना मगरको अभिनय छ । केशवराज भट्टले निर्देशन रहेको भिडियोमा विशाल थापाको छायांकन र दिप्सन शाहको सम्पादन छ ।
‘बाख्रा करायो’ गीत पछिल्लो समयको सांगीतिक माहोल अनुसारको रहेको गायक यम बरालले बताए । ‘अहिलेको सांगीतिक माहोलअनुसार पनि चल्न सक्नुपर्ने रहेछ,’ उनले भने, ‘धेरैले मलाई सांगीतिक उपस्थिति अलि पातलो भयो भन्ने गुनासो गर्नुहुन्छ । अब सक्रिय ढंगले लाग्नेछु ।’
‘बाख्रा करायो’लाई गायक बरालले ‘ओएसआर डिजिटल’ युट्युब च्यानल मार्फत रिलिज गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ महिनामा ८ अर्ब रुपैयाँ अध्ययनका नाममा विदेश बाहिरियो
-
स्वदेशी उत्पादनको प्रवर्द्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो – मन्त्री भण्डारी
-
अब ‘लोडसेडिङ’ हुँदैन : उर्जा मन्त्री खड्का
-
गण्डकीका १५ हिमाल आरोहणका लागि खुला
-
रञ्जिताले खोजिन् सीके बराबरको हैसियत
-
तीनकुने घटनाका घाइतेहरूको उपचार खर्च सरकारले ब्यहोर्छ : गृहमन्त्री