विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नियुक्तिमा विवाद, शिक्षक पनि नियुक्त हुन सकेनन्
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर २ स्थित श्री पिमलटार माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नियुक्ति र शिक्षक सिफारिसमा समेत विवाद भएको छ । गाउँपालिका अध्यक्षको हस्तक्षेपका कारण समस्या उत्पन्न भएको स्थानीय बताउँछन् ।
गत साउन २३ गते विद्यालय व्यवस्थापन समिति सदस्यको बहुमतबाट अध्यक्षमा पुरुषोत्तम नेपाल अध्यक्ष चयन भएका थिए । तर, गाउँपालिका अध्यक्ष शिव अधिकारीले सो निर्णय अस्वीकार गर्दै अर्जुन श्रेष्ठलाई नियुक्त गरेपछि विवाद उत्पन्न भएको हो ।
श्रेष्ठ नेपाली कांग्रेस निकटका हुन् भने नेपाल एमाले निकट भएको बताइएको छ । साउन २३ मा विद्यालय व्यवस्थापन समितिको बैठकबाट कुल ८ मध्ये ६ जना सदस्यले नेपाललाई अध्यक्ष चुनेको वडा नम्बर २ का वडाध्यक्ष शिव पनेरुले दाबी गरेका छन् । तर बिहीबार अधिकारीले निर्णय अस्वीकार गरी आफै अध्यक्ष नियुक्ति दिएको पनेरुले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत पालिका अध्यक्षले चयन गर्नु नियमसंगत नभएको उनको भनाइ छ । तर, अधिकारीले नियुक्तिको विषयमा विवाद भएपछि गाउँ सञ्चालन ऐनअनुसार पालिकाले सही निर्णय लिएको जिकिर गरे । पिमलटार माविमा विवाद उत्पन्न भएकै कारण गाउँपालिकाको शिक्षा शाखामार्फत आवश्यक अधिकार प्रयोग गरिएको उनको भनाइ थियो ।
उसो त विद्यालय व्यवस्थापन समितिको अध्यक्षमात्रै होइन लामो समयदेखि उक्त विद्यालयमा शिक्षकको समेत सिफारिस नियुक्ति हुन सकेको छैन । गत जेठ ११ गतेबाट विज्ञान विषयको शिक्षक रिक्त रहेकोमा हालसम्म सिफारिस हुन नसकेको हो ।
धेरै पटक विद्यालयमा शिक्षक पठाउन अनुरोध गर्दा समेत कार्यन्वयन नगरी विद्यार्थीको पढाइमा खेलबाड भइरहेको वडाध्यक्ष पनेरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
-
गायिका लक्ष्मीले नचाइन् भारतको जोलजीबी मेलामा दर्शक
-
स्थानीय तह उपनिर्वाचन : प्रचारप्रसार गर्ने आज अन्तिम दिन
-
रामराजा क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ
-
जग्गाको टुङ्गो छैन, प्रादेशिक संरचना निर्माणका लागि बर्सेनि बजेट विनियोजन
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)