शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘नमेटिने घाउ’को ट्रेलरमा प्रधानमन्त्री ओलीको के छ संवाद ?

शुक्रबार, २५ साउन २०८१, १० : ५१
शुक्रबार, २५ साउन २०८१

काठमाडौँ । अभिनेता रमित ढुङ्गानाको निर्माण तथा  निर्देशन रहेको चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा एसिड पीडितको पीडा र सङ्घर्ष समेटिएको छ । ट्रेलरमा प्रधानमन्त्री ओलीले एसिड पीडितहरूलाई न्याय दिने प्रतिबद्धता जनाएको दृश्य समावेश छ ।

ट्रेलरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र सांसद ज्ञानेन्द्र शाहीले एसिड पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै ‘एसिड आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउँछौँ’ भन्ने संवाद छ । 

थप व्यक्ति एसिड आक्रमणको सिकार बन्न नपरोस् भनेर फिल्म निर्माण गरेको निर्देशक ढुङ्गानाले बताए । 

भदौ ७ गतेबाट नेपालभरका प्रदर्शनमा आउने चलचित्र एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईँ, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय चलचित्रमा छ ।

रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको चलचित्रमा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन, ओम सुनारको संगीत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप