आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सुनिता र बद्रीको ‘ए मेरो राजै’मा अञ्जलीको नृत्य

शुक्रबार, २५ साउन २०८१

काठमाडौंँ । गायिका सुनिता बुढा क्षेत्री र बद्री सापकोटाले नयाँ तिज गीत ‘ए मेरो राजै’ ल्याएका छन् । बद्री सापकोटाकै शब्द, संगीत रहेको गीतमा विनोद बाजुरेलीको एरेन्ज रहेको छ ।

मौलिक शैलीको गीतमा विमला अधिकारी, अञ्जली अधिकारी र आस्था न्यौपानेको नृत्य देख्न सकिन्छ । थुप्रै कोरस प्रयोग गरिएको गीतको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् ।

भिडियोमा बुद्ध थापाको छायांकन र विकास ज्ञवलीको सम्पादन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया