विश्व फुटबलका कुशल प्रशासक इशा हायातुको निधन
काठमाडौँ । विश्व फुटबलका चर्चित व्यक्तित्व इशा हायातुको बिहीबार राति ७७ वर्षको उमेरमा निधन भएको छ । उनले लामो समय विभिन्न पदमा रही विश्व फुटबलमा योगदान पुर्याएका थिए ।
क्यामरुनका नागरिक हायातुले २९ वर्षसम्म अफ्रिकन फुटबल महासंघको अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए । उनी सन् १९८८ देखि सन् २०१७ सम्म त्यो पदमा रहेका थिए । उनी विश्व फुटबल महासङ्घ (फिफा) मा पनि आबद्ध थिए ।
हायातु सन् १९९० देखि सन् २०१७ सम्म फिफा काउसिन्लको सदस्य थिए । सन् २०१५ देखि सन् २०१६ सम्म उनी फिफाको कार्यवाहक अध्यक्ष पनि बनेका थिए । फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटर निलम्बनमा परेपछि उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए ।
फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोले हायातुको निधनबाट विश्व फुटबललाई अपूरणीय क्षति भएको बताएका छन् । उनले हायातुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन् । फुटबलको कुशल प्रशासक भए पनि हायातु युवा अवस्थामा एथलेटिक्स र बास्केटबलका प्रतिभाशाली खेलाडी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे