मानिस र सर्पबिच परोक्ष तर अभिन्न सम्बन्ध
मानिसले सर्पको चित्र र मूर्ति बनाएर पूजा गर्छ तर वास्तविक सर्प देखाप¥यो भने उसलाई खेद्छ कि आफैँ भाग्छ । सर्पसँग मानिसको भय र प्रीतिको सम्बन्धमा आस्था र विश्वास पनि जोडिएको छ ।
एसिया महाद्वीपमा पाइने एक विशेष प्रकारको सर्प हो नाग । सर्पलाई देउता मानेर पूजा–आराधना गर्ने हाम्रो संस्कृति र परम्परा छ । सनातन परम्परामा नागलाई भगवान् शिवसँग जोडेर हेरिन्छ । भगवान् शिवले नागलाई आफ्नो घाँटीमा राख्ने हुनाले पनि सनातनीहरू श्रद्धाले नागलाई पुज्ने गर्छन् ।
समाजमा सर्पप्रति अनेक प्रकारको धारणा र लोकोक्ति विद्यमान छन्, जसले मानिस र सर्पबिचको सम्बन्ध व्यक्त गर्छ ।
वास्तुका दृष्टिले नागडीह राम्रो मानिन्छ । घरको जग खन्दा नागको शिरको विचार गरिन्छ । भाद्र, आश्विन र कात्तिकमा पूर्वमा; मंसिर, पुस र माघमा दक्षिणमा; फागुन, चैत र वैशाखमा पश्चिममा तथा जेठ, असार र साउनमा उत्तरमा नागको शिर रहेको हुन्छ ।
नागको शीर्ष भागमा खन्दा आफैँलाई पीडा, पछाडि खन्दा छोरा र पत्नीलाई पीडा, जाँघ भागमा खने अपव्ययको भय हुन्छ भने उदर भागमा खने सर्वत्र सफलता पाइने बताइन्छ ।
पुराणहरूमा नागका प्रमुख पाँच कुलको वर्णन गरिएको छ- अनन्त, वासुकी, तक्षक, कर्कोटक र पिंगला । कतैकतै नागका अष्टकुल क्रमशः वासुकी, तक्षक, कुलक, कर्कोटक, पद्म, शंख, चूड, महापद्म र धनञ्जयको वर्णन पाइन्छ ।
नाग पञ्चमी सर्प पूजाको विशेष पर्वको रूपमा रहेको छ । साउन शुक्ल पक्षको पञ्चमी नाग पञ्चमीप्रति समर्पित छ । सर्पदेवलाई दूध र धानको लावाको भोग अर्पित गरिन्छ । नागदेवलाई अनादिकालदेखि नै आस्था र विश्वासको प्रतीकका रूपमा चित्रण गरिएको छ ।
ब्रह्माले पञ्चमी तिथिमा नाग–सर्पलाई वर दिएका थिए कि जनमेजयको सर्प यज्ञका दौरान ऋषि अस्तिकले तिम्रो रक्षा गर्नेछन् । पञ्चमीको दिन नै अस्तिक मुनिले नागको रक्षा गरेका थिए । त्यसैले पञ्चमी तिथि नागका लागि विशेष दिवस भएको छ ।
नागको कथा
पौराणिक कथा अनुसार पिता परीक्षितको मृत्युपछि सम्राट जनमेजय हस्तिनापुरको सिंहासनमा बसेका थिए । परीक्षित पाण्डवका एक मात्र वंशज थिए । उनलाई ऋषि श्रृङ्गीले सर्पदंशका कारण मर्ने श्राप दिएका थिए । जनमेजयलाई उक्त घटनाले गहिरो चोट पुगेको थियो । उनले सम्पूर्ण सर्प कुललाई पूर्ण रूपमा नष्ट गर्ने निर्णय गरे । त्यसका लागि उनले सर्प सत्र वा सर्प यज्ञ गरे । त्यो यज्ञ यति भयानक थियो कि संसारका सबै सर्प नाश हुन थाले ।
नागपञ्चमीमा भगवान् शेषनारायणका १२ रूपको प्रशंसा र पूजा गरिन्छ । यस विशेष दिनमा, जसले सर्पहरूलाई शुद्ध हृदयले सम्मान गर्दछ, उनीहरूलाई सर्पको डरले कहिले सताउँदैन ।
त्यसबेला ऋषि अस्तिक यज्ञ परिसरमा आए । अस्तिक भगवान् शिवकी छोरी मनसाका सन्तान थिए ।
उक्त यज्ञमा महाराज जनमेजयद्वारा आफ्नो पिताको मृत्युको दुःख र नागप्रति प्रतिशोधको भावना थियो । तर पनि अस्तिक ऋषिको प्रार्थनाका कारण जनमेजयले आफ्नो रोष छाडेर यज्ञ रोक्छन् र बाँकीका सर्प जोगिन्छन् ।
नागपञ्चमीमा भगवान् शेषनारायणका १२ रूपको प्रशंसा र पूजा गरिन्छ । यस विशेष दिनमा, जसले सर्पहरूलाई शुद्ध हृदयले सम्मान गर्दछ, उनीहरूलाई सर्पको डरले कहिले सताउँदैन ।
व्रत
नाग पञ्चमीमा नाग देवताको व्रत लिइन्छ । यस व्रतमा पूरै दिन निराहार बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि पकाएको खिर नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी प्रसादका रूपमा वितरण गर्नुका साथै स्वयंले समेत ग्रहण गर्नुपर्छ ।
व्रत अवधिभरि कुनै किसिमको भोजन ग्रहण गर्नु हुँदैन । साथै व्रतको समापनपछिको भोजनमा पनि नुन वा चिल्ला परिकार हुनु हुँदैन । नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरको द्वार (ढोका) मा टाँस्नाले सर्पको भय हुँदैन भन्ने मान्यता छ ।
लगपाँच
मिथिलामा नाग पञ्चमी वा लगपाँच पर्व परम्परादेखि चल्दै आएको छ । लगपाँच लगत्तै राखी (रक्षाबन्धन), कुशे अमावस्या, चौरचन, पितृपक्ष, विजयादशमी, दिवाली र छठ लगालग आउने हुँदा यो पर्वलाई लगपाँच भनिएको मानिन्छ ।
नाग पञ्चमीको दिन कतैकतै घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दुर र अक्षता चढाई नाग देवताको आराधना गरिन्छ । घरमूली गृहिणीले ‘लगपाँच’का दिन सखारै पवित्र स्नान गरेर भित्तामा नाग चित्र कोरेर पूजा आराधना गर्दै सर्पले रुचाउने भोजन दूध, लावा चढाउँछन् । आँगनमा गाईको गोबरले लिपेर बनाइएको वेदीमा गोबरकै कुण्डमा गृहिणीले दुध, लावा चढाएर नागमहिमा वर्णन गर्दै घरका सबैको रक्षा गर्न नागदेवतासँग प्रार्थना गर्छन् ।
विभिन्न स्थानमा नागपूजा
सनातनीहरू सबै जीवप्रति समभाव राख्ने प्रकृतिपूजक भएकाले सर्पादिको बढी चहलपहल हुने साउनमा नागपूजाको परम्परा बसेको मानिन्छ । मैथिली संस्कृतिमा विभिन्न जीव र वनस्पतिको पूजा–आराधना तिनको महत्त्व झल्कने समय (ऋतु, महिना) अनुसार गरिने चलन छ । वर्षा ऋतुमा भारी वर्षाका बेला सर्प आफ्नो वासस्थानबाट बाहिरिने र बस्तीमा सर्पको बिगबिगी बढ्ने कारण साउनमा नाग पञ्चमी (सर्प पूजा) मनाउने चलन बसेको पनि भन्न सकिन्छ ।
मधुश्रावणी पर्व मौना पञ्चमीमा सुरु भएर नाग पञ्चमीको अघिल्लो दिन समापन हुन्छ । मधुश्रावणी पर्वमा विषहरा पूजा, वैरसि पूजा, चनाइ नाग पूजा, कुसुमावती पूजा, पिङ्ला पूजा, लीली नागको पूजा, सतभगिनीसहित गोसाउनी नागको पूजा गरी सर्प पूजाको बृहत आकार प्रकार देखिन्छ । त्यसैगरी मधुश्रावणी व्रतालुद्वारा गरिने कथा श्रवणमा पनि सर्पको अनेक कथा प्रसंग छ । मौना पञ्चमीको कथा, विषहराको कथा, बिहुला र मनसाको कथा आदि सर्पकै कथा हुन् ।
पश्चिम नेपालका दैलेख, अछाम, कालिकोट आदि जिल्लामा नाग पञ्चमीका दिनदेखि हिउँद ऋतु सुरु हुन्छ भन्ने मान्यता छ । नेपालको सुदूर तथा मध्य पश्चिममा नाग पञ्चमीका दिन कागजमा नाग, गङ्गटो, बिच्छीजस्ता विषालु जीवका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ भने बडिमालिका लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रद्धालुले व्रत गर्ने, भूमि शयन गर्ने र ब्रह्मचार्य धारण गर्ने चलन छ ।
काठमाडौं उपत्यकामा घरघरमा नाग पञ्चमी मनाउने परम्परा छ । नागको चित्रमा दूध, दही, अक्षता, फूल, दुबो राखी गाईको गोबर टाँसेर घरको ढोकामाथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । नाग पञ्चमीको दिन घरको ढोकामा अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने, आगो र सर्पको डर समेत नहुने विश्वास छ ।
नाग देवता रिसाए भने पानी नपर्ने वा धेरै पानी पर्ने र नागदेवता खुसी भए भने पहिरो नजाने, खोलालाई नागले बाँधेर राख्ने भन्ने विश्वास छ । पुराण अनुसार नेपाल उपत्यका नाग पोखरीका रूपमा रहेको मानिन्छ । काठमाडौँ उपत्यकाको नाम वासुकी क्षेत्र थियो, जहाँ नागको राज्य चल्ने गर्दथ्यो भन्ने गरिन्छ ।
नाग पञ्चमी प्रायः सबै सनातनीले मान्ने गर्छन् । किनभने यो प्रकृतिको पूजा हो । प्रकृति पूजा भनेको पञ्चभूत तथा जीव, वनस्पति आदिको पूजा हो । नागको पूजा गर्नाले सर्पका राजा नाग देवता खुसी हुन्छन्, त्यसैले नाग पूजा गर्ने मानिसलाई सर्पको भय हुँदैन भन्ने मान्यता छ । नागपञ्चमीमा क्षेत्रपाल र दिक्पाल देवताका साथै नागलाई धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ ।
नाग पञ्चमीका दिन नेपाल र भारतको विभिन्न नाग देवताको मन्दिरमा नाग पञ्चमी मेला लाग्छ । नागदेवलाई दुध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डु अर्पण गरी पूजा समेत गरेर नाग स्तोत्रको पाठ एवं प्रार्थना गरिन्छ ।
पंचम्यां तत्र भविता ब्रह्मा प्रोवाच लेलीहान ।
तस्मादियं महाबाहो पंचमी दयिता सदा ।
नागानामानन्दकरी दंत वै ब्रह्नणा पुरा ।।
नमोस्तु सर्पेभ्यो ये के च पृथ्वीमनु ।
येऽ अंतरिक्षे ये दिवितेभ्यः सर्पेभ्यो नमः ।
अर्थात् जुन सर्प धर्ती वा अन्तरिक्ष वा स्वर्गमा छन्, उनै सर्पलाई नमस्कार छ । राक्षसका लागि वाणको समान तीक्ष्ण र वनस्पतिको अनुकूल तथा अरण्यकमा बस्ने सर्पदेवलाई नमस्कार छ ।
ये वामी रोचने दिवो ये वा सूर्यस्य रश्मिषु ।
येषामपसु सदस्कृतं तेभ्यः सर्वेभ्योः नमः ।।
अर्थात् जो सूर्यको किरणमा सूर्यको सम्मुख भएर विचरण गर्दछन् तथा जो सागरमा समूहबद्ध रहन्छन्, उनै सर्पदेवलाई नमस्कार छ । तीनवटै लोकमा जो सर्प छन्, उनलाई पनि नमस्कार छ ।
नागका कुल
नागराज एक संस्कृत शब्द हो, जो कि नाग तथा राज (राजा) मिलेर बनेको छ अर्थात् नागहरूको राजा । यो शब्द मुख्यतः तीनवटा देवताका हेतु प्रयुक्त हुन्छ— शेषनाग, वासुकी र तक्षक नागका लागि । महर्षि कश्यप तथा उनकी पत्नी कद्रू सम्पूर्ण नागका मातापिता हुन् ।
पुराणहरूमा नागका प्रमुख पाँच कुलको वर्णन गरिएको छ— अनन्त, वासुकी, तक्षक, कर्कोटक र पिंगला । कतैकतै नागका अष्टकुल क्रमशः वासुकी, तक्षक, कुलक, कर्कोटक, पद्म, शंख, चूड, महापद्म र धनञ्जयको वर्णन पाइन्छ । अग्निपुराणमा ८० नाग कुलको वर्णन पाइन्छ ।
१००० नागहरूमा सबैभन्दा जेठा शेषनाग हुन् । माहिला वासुकी, साहिला तक्षक त्यसपछि कालिया, पद्म, महापद्म, धनञ्जय, शंख आदि भाइ छन् ।
शेषनाग भगवान् विष्णुको परम भक्त हुन् र भगवानलाई शय्याको रूपमा सेवा दिन्छन् । क्षीरसागरमा भगवान् श्रीहरि र माता लक्ष्मीले शेषनागउपर नै आसन गर्छन् । शेषनाग भगवान् विष्णुको अवतारमा पनि सहयोगी छन् । रामावतारमा शेषनागले लक्ष्मणको र कृष्णावतारमा बलरामको अवतार लिए ।
शेषनागको अर्को नाम अनन्त हो । यिनको अनन्त मस्तक छन्, यिनको शरीर अनन्त विशाल छ, कहीँ अन्त छैन ।
पौराणिक कथाका अनुसार, तक्षक नागले नै श्रृंगी ऋषिको श्राप पूरा गर्न राजा परीक्षितलाई डसेका थिए । त्यसै कारण राजा जनमेजय तक्षकसँग रिसाएर संसार भरका नागको नाश गर्न नागयज्ञ आरम्भ गरे । तब अस्तिकले जनमेजयसित प्रार्थना गरेर तक्षकको प्राण बचाए ।
शेषनाग नागराज हुन् । राजपाट छाडेर उनी विष्णुको सेवामा लीन भए । शेषनागले आफूपछि वासुकीलाई नागराज बनाए, तर वासुकी पनि महादेवको सेवामा लीन भएपछि तक्षकलाई नागराज बनाए ।
वासुकी प्रसिद्ध नाग हुन् । नागधन्वातीर्थमा देवताहरूले यिनलाई नागराज पदमा अभिषित गरेका थिए । वासुकी शिवका परम भक्त हुन् र उनको शरीरमै वास गर्छन् । समुद्र मन्थनको समय वासुकीले पर्वतलाई बाँध्नका लागि डोरीको काम गरेका थिए । त्रिपुरदाहको समय उनी शिवको धनुषको प्रत्यञ्चा बनेका थिए ।
पौराणिक कथाका अनुसार, तक्षक नागले नै श्रृंगी ऋषिको श्राप पूरा गर्न राजा परीक्षितलाई डसेका थिए । त्यसै कारण राजा जनमेजय तक्षकसँग रिसाएर संसार भरका नागको नाश गर्न नागयज्ञ आरम्भ गरे । तब अस्तिकले जनमेजयसित प्रार्थना गरेर तक्षकको प्राण बचाए ।
कालिया पाँच फण वाला विषालु नाग थिए । नन्दगाउँको वन वृन्दावनमा यमुना नदीमा उनको वास थियो । पक्षीराज गरुडसँग शत्रुता बढ्दै गएपछि कालिया नाग महासागर छाडेर यमुना नदीमा गएर बस्न थालेका थिए ।
जम्बुद्वीपको जनजीवनमा यस्ता सयौँ जीव, वनस्पति, वस्तु आदि छन्; जसको रूप, रंग, आकार–प्रकारसँग सामीप्य भएका कारण नाग शब्दमा प्रत्यय सदृश शब्द जोडेर नामकरण गरिएको छ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दख्खल राख्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने विश्वकै तेस्रो ब्याट्सम्यान बने बाबर आजम
-
लिम्बू भाषामा चलचित्र ‘सेक्मुरी’ बन्ने
-
कहाँ पुग्यो जनमत पार्टीको नौलो गणतन्त्र सम्बन्धी अभियान ?
-
भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रचण्ड गरे दुःख व्यक्त
-
‘ऊनको स्वीटर’ले कौडा भाकामा ल्यायो नयाँ गीत ‘मखमली’
-
आयोजना कार्यान्वयनमा स्वामित्व अभाव प्रमुख समस्या