हमास नेताको हत्या इजरायलको महङ्गो ‘रणनीतिक गल्ती’- इरान

जेद्धाह । इरानले गत साता तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियको हत्या गरेर इजरायलले महँगो ‘रणनीतिक गल्ती’ गरेको बताएको छ ।
साउदी तटीय सहर जेद्दाहमा इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को असाधारण सत्रमा भाग लिएको एक दिनपछि इरानका कार्यवाहक विदेशमन्त्री अली बघेरीले बिहीबार पत्रकार सम्मेलनमा भने, “तेहरानमा यहुदीहरूले जुन कृत्य गरेका छन् त्यो रणनीतिक गल्ती थियो किनभने उनीहरूले यसको गम्भीर मूल्य चुकाउनुपर्नेछ ।”
इजरायलले हानियाको मृत्युप्रति कुनै टिप्पणी नगरेको भए पनि इरानले जवाफी कारबाही गर्ने वाचा गरेपछि यस क्षेत्रमा तनाव उत्पन्न भएको छ । इजरायलले ‘तनाव, युद्ध र द्वन्द्वलाई अन्य मुलुकमा फैलाउन चाहेको’ आरोप लगाउँदै बघेरीले इजरायल इरानसँग लड्ने अवस्थामा नरहेको दाबी गरे । “इजरायल इरानविरुद्ध युद्ध सुरु गर्ने स्थितिमा छैन”, उनले भने, “ऊसँग न क्षमता छ, न त ताकत नै ।”
सन्ताउन्न सदस्यी ओआइसीका विदेशमन्त्रीहरूको बुधबार भएको बैठकले हानियाको ‘जघन्य’ हत्याका लागि इजरायललाई ‘पूर्ण जिम्मेवार’ ठहर गर्दै घोषणापत्र जारी गरेको छ । कतारमा बसोबास गर्दै आएका हानिया गाजा पट्टीमा युद्ध अन्त्य गर्ने वार्तामा प्रमुख खेलाडी थिए ।
हमासको लेबनानी सहयोगी हिजबुल्लाहले पनि केही घन्टाअघि इजरायली आक्रमणमा हानिया र उसको सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिने वाचा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने