बसको ठक्करबाट एक जनाको मृत्यु
बिहीबार, २४ साउन २०८१, २० : ५३

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–९ झिझरी खोला नजिक आज बसले ठक्करबाट एक जनाको घटनास्थलमा मृत्यु भएको छ ।
कोहलपुरको चप्परगौडीस्थित ज्ञानकुञ्ज लिटिल बोर्डिङ स्कुलको बसले स्थानीय २६ वर्षीय गोविन्द ओलीलाई ठक्कर दिँदा उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
बसको ठक्करबाट उनले चराउन लगेका १३ बाख्रासमेत मरेका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ४५७० नम्बरको बसले ओलीलाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरबाट ‘अभिमन्यु’को छायांकन सुरु
-
दोस्रो विश्वयुद्धपछिको विश्व व्यापार र नेपालमा यसको प्रभाव
-
हिरासतमा रवीन्द्र र धवलको मेन्युः मिनरल वाटर, स्याउ र काजु
-
राजावादीको उद्दण्डताले नजिकिए गणतन्त्रवादी दल, बुन्दै रणनीति
-
सांसद बोहराको शव भैरहवा ल्याइयो, भोलि पुनः काठमाडौँ लगेर अन्तिम श्रद्धाञ्जलि दिइने
-
जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका