शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकमा जागिरको खोजीमा हुनुहुन्छ ? जनता बैंकमा खुल्यो एक सय ५० जनालाई जागिर

मङ्गलबार, ३० जेठ २०७४, १४ : १५
मङ्गलबार, ३० जेठ २०७४

काठमाडौं–निजी क्षेत्रको वाणिज्य बैंक जनता बैंक लिमिटेडमा एक सय ५० जनाका लागि जागिर खुलेको छ । बैंकले जुनियर असिस्टेन्ट देखि चाटर्ड एकाउन्टेनसम्मको जागिर खुलाएको हो । 
बैंकले जुनियर असिस्टेन्ट एक सय जना माग गरेको छ । यस्तै, म्यानेजमेन्ट ट्रेनि २५ जना र चाटर्ड एकाउन्टटेन्ट २५ जना माग गरेको छ । स्नातक उत्र्तिण र २८ बर्ष उमेर ननाघेकाले जुनियर असिस्टेन्टमा आवेदन गर्न सक्ेछन् । यस्तै, म्यानेजमेन्ट ट्रेनमिा ३० वर्ष उमेर ननाघेको र स्नात्तकोत्तर गरेकाले आवेदन गर्न सक्ने बैंकले जनाएको छ । चाटर्ड एकाउन्टमा भने अनुभवी र ३५ वर्ष उमेरसम्म आवेदन गर्न योग्य हुनेछन् । 
बैंकका अनुसार आवेदकले उपत्यका सहित वाहिरी जिल्लामा पनि काम गर्नुपर्ने हुन्छ । नेपाली र अंग्रेजी दुवै भाषामा दखल भएको तथा कम्प्युरमा समेत जानकारलाई प्राथमिकता दिइने बैंकले जनाउको छ । इच्छुक आवेदकले असार ६ गतेसम्म आवेदन गर्न सक्ने जनाइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप