अन्नपूर्ण गाउँपालिकामा शुक्रबार सार्वजनिक बिदा
बिहीबार, २४ साउन २०८१, १९ : २०

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । ३० औँ विश्व आदिवासी दिवसको अवसरमा पालिकाले सार्वजनिक बिदा दिने बताएको हो ।
बिहीबार बसेको कार्यपालिका बैठकले बिदा दिने निर्णय गरेको अध्यक्ष विष्णु केसीले जानकारी दिए । पालिका कार्यालय, मातहतका वडा कार्यालय र स्वास्थ्य संस्थाहरू तथा शैक्षिक संस्था बन्द रहने पालिकाले जनाएको छ ।