शेख हसिनाबारे भारतले के भन्यो ?

नयाँ दिल्ली । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना यतिबेला भारतमा छिन् । सरकार विरोधी प्रदर्शन थेग्न नसकेपछि राजीनामा दिएर भारत आएकी हसिना अहिले पनि भारतमै छिन् ।
उनी भारतमै बस्छिन् कि अन्यत्र जाने योजनामा छिन् भन्ने अन्यौल छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको भावी योजनाबारे अहिले कुनै अपडेट दिन नसकिने बताएका छन् ।
यो काम हसिनाको भएको र कहाँ जाने वा नजाने भन्ने निर्णय उनी आफैँले लिनु पर्ने पनि जायसवालले भनेका छन् । हसिनाले निर्णय गरेपछि मात्रै भारत सरकारले अगाडिको निर्णय गर्ने पनि उनले बताएका छन् । ‘विदेशमन्त्री एस जयशंकरले संसदमा शेख हसिनालाई छोटो सूचनामा भारत भ्रमणको अनुमति दिइएको बताइसकेका छन् । अहिले मसँग उनको भावी योजनाबारे बताउन केही पनि छैन । परिस्थितिहरू क्षण क्षणमा बद्लिँदै गएका छन् । केहि स्पष्ट हुने बित्तिकै, हामी तपाईँलाई पूर्ण जानकारी दिनेछौँ,’ जायसवालले भनेका छन् ।
बंगलादेशमा बस्दै आएका करिब १९,००० भारतीयमध्ये ९ हजार विद्यार्थी थिए । अधिकांश विद्यार्थी स्वदेश फर्किएका छन् । धेरै भारतीयहरूले फर्कन मद्दत मागिरहेको र उनीहरूलाई सहयोग गर्न दूतावास हरेक पल तयार रहेको पनि उनले बताए । बंगलादेशमा रहेका भारतीय उच्चायोग र भारतीय नागरिकको सुरक्षाका विषयमा बंगलादेश सरकारसँग वार्ता भइरहेको पनि उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो, तस्बिरहरू
-
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
-
जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका ११ पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित
-
३२०० एनआरएनले एकता महाधिवेशनमा भाग लिने, काठमाडौँमा चहलपहल सुरु
-
‘कसैलाई पीडा नहोस् भनेर मेरी आमाले रोग लुकाएर पाल्नुभयो’
-
कर्णाली राष्ट्रिय मुक्ति मोर्चा पुनर्गठित, चरणबद्ध कार्यक्रमको घोषणा